१२ सांसदले गरेनन् संविधान संशोधनमा मतदान

Spread the love

काठमाडौँ — प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

२ सय ७५ सांसद रहेको प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथिको मतदानका क्रममा १२ जना सांसद भने अनुपस्थित रहेका थिए । ४ जना सांसद भने निलम्बनमा छन् । सभामुखले विधेयकमाथिको मतदानमा सहभागिता जनाउँदैनन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

विधेयकमाथि मतदान नगर्ने सांसदमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, सरिता गिरी र ज्ञानकुमारी छन्त्याल रहेको संसद सचिवायलयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

सरिता गिरीबाहेकका सांसद आजको बैठकमा अनुपस्थित थिए । सांसद गिरीले भने बैठक बहिष्कार गरेकी थिइन् ।

अनुपस्थित रहेका सांसदहरूमा सत्तारुढ नेकपाका सबैभन्दा धेरै छन् । हरिबोल गजुरेल, शिवकुमार मण्डल, धनबहादुर बुढा र गोपालबहादुर बम रहेका छन् । त्यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरू नागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञानकुमारी छन्त्याल अनुपस्थित रहे । ‍राजपाका प्रमोद साह, अमृतादेवी अग्रहरी र दुलारीदेवी खत्वेनी अनुपस्थित रहँदा समाजवादीका सांसद सूर्यनारायण यादव अनुपस्थित रहे भने सरिता गिरीले संसद बैठक बहिष्कार गरिन् । समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि गिरीले ह्वीप उलंघन गरेकी हुन् ।

सांसदहरू हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मद अफताव आलम र विजयकुमार गच्छदार निलम्बित छन् ।

सभामुख पनि हौसिए संविधान संशोधन पारित भएको घोषणा गर्दा (भिडियो)

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *