बन्दाबन्दीले पशुपति क्षेत्रको आयमा करिब १० करोड रूपैयाँले कमी

Spread the love

काठमाडौँ : बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा १० करोड रुपैयाँ घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। कोषले चालू आर्थिक वर्षमा अनुमान गरेको आयमा भेटी आम्दानीबाट एक करोड ५७ लाख आठ हजार ७३० रुपैयाँ विशेष पूजाबाट दुई करोड २५ लाख ७९ हजार ५०० रुपैयाँ बन्दाबन्दीकै कारण दाखिल हुन नसकेको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए।

चन्दाबाट दुई लाख ७२ हजार ९१७ रुपैयाँ, पार्किङबाट दुई लाख ९९ हजार ९३५ रुपैयाँ, गुठी जग्गाबाट हुने आम्दानीमा एक करोड ३२ लाख ९५ हजार ८६८ रुपैयाँ, पर्यटक प्रवेश शुल्कबाट एक करोड दुई लाख ८२ हजार रुपैयाँ, क्रियापुत्री सेवाबाट १२ लाख ७५ हजार ४६१ रुपैयाँ, तिलगङ्गा धर्मशालाबाट चार लाख ३९ हजार २३४ रुपैयाँ, विद्युतीय शवदाहगृह सञ्चालनबाट १० लाख ८६ हजार ७५० रुपैयाँ कोषलाई घाटा लागेको उनले बताए।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

अन्य शीर्षकमा समेत गरी अनुमानित १० करोड छ लाख ७२ हजार ६३९ रुपैयाँ घाटा भएको कोषले जनाएको छ। चैत लागेदेखि नै पशुपति क्षेत्रमा सीमित भक्तजनलाई मात्र प्रवेश गराइएको थियो। चैत ११ देखि जारी बन्दाबन्दीका क्रममा मूल मन्दिरलगायत पशुपति क्षेत्रमा भक्तजन आवतजावत पूर्णरूपमा बन्द गरिएको छ।

घाट, क्रियापुत्री, विद्युतीय शवदाह गृहलगायत अत्यावश्यक सेवा भने दूरी कायम गरेर सञ्चालनमा छ। मूल मन्दिरलगायत अन्य मन्दिरमा हुने नित्यपूजा भने जारी छ। कारोनाको सङ्क्रमणबाट उपत्यकामा निधन भएकाको शवदाह विद्युतीय गृहमा गर्दा कम्तीमा ३६ घण्टासम्म निर्मलीकरणका लागि बन्द हुने गरेको छ। – रासस

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *