सिरहामा प्रहरी हिरासतबाटै सातजना थुनुवा फरार, एसएसपीको नेतृत्वमा छानबिन टोली गठन

Spread the love

मंसिर १५, काठमाडौं । सिरहामा खाना खुवाउने क्रममा सातजना थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय महेशपुर पतारको हिरासत कक्षमा रहेका ११ जना थुनुवामध्ये खाना खुवाउने क्रममा सातजना फरार भएका हुन् । प्रहरीका अनुसार शनिबार साँझ खाना खुवाउने क्रममा उनीहरु फरार भएका हुन् ।

फरार हुनेमा लागुऔषध मुद्दाका प्रतिवादी १९ वर्षीय नेपाल, मोहमद रियाज मिया, ४५ वर्षीय रामआशिष यादव, २६ वर्षीय रंधिर कुमार यादव छन । यस्तै फरार हुनेमा २१ वर्षीय गणेश साह,१७ वर्षीय नविन यादव र २० वर्षीय रिशन खड्का छन् । प्रहरीका अनुसार आठजना फरार भएकोमा वहु–विवाह मुद्दाका प्रतिवादी २१ वर्षीय संजय यादव पक्राउ परेका छन् ।

प्रदेश नम्बर दुईका डीआइजी प्रद्युम्न कार्कीले घटनाको अनुसन्धानका लागि एसएसपी हरिराज वाग्लेको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको बताए । डीआईजी कार्कीले भने,‘‘साँझसम्म थप रिपोर्ट आउला । के-कति कारण र कमजोरीले थुनुवा फरार भए । टोलीले अनुसन्धान गरेर रिपोर्ट बुझाउनेछ ।’’

थुनुवाहरुको बिभिन्न जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न प्रहरी ईकाईहरुबाट प्रहरी परिचालन गरी नाकाबन्दी समेत गरी खोजी कार्य सुरू गरिएको छ । – बाह्रखरी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *