पोर्तुगल अलेन्तेजुमा काकाको अन्तिम संस्कारमा जाने योजना बनाएका भतिजको मृत्‍यु

Spread the love

नमस्ते नेपाली, लिस्बन । परिवारको भविष्य उज्ज्वल बनाउने, पारिवारिक प्रतिष्ठा उचो बनाउने र सम्पन्न बन्ने सबैको सपना हुन्छ नै ! यस्तै सपना साँचेर २० हजार बढी नेपालीहरु पोर्तुगलमा आएका छौं । यस्तै सपना साँचेका एक युवकको आज सपना अन्त्य भएको छ ।

बेनी नगरपालिका म्याग्दीका गणेश बानियाँको शुक्रबार उदिमेरा अस्पतालमा निधन भएको छ । ४० वर्षीय बानियाँ विगत ९ वर्षदेखि पोर्तुगल बस्दै आएका थिए । उनले माराभिल्ला कम्पनीमा काम गर्दै रहेका थिए ।

लगातार काम गरिरहेका बानियाँको आज छुट्टी रहेको थियो । जुन ३ तारिखका दिन निधन भएका उनका काका दीपक बानियाँको अन्तिम संस्कारमा आज उनी पनि बेजा जाने योजना बनाएको उनका एक साथीले जानकारी दिएका छन् । तर आज मदिरा सेवन गरी साओ तेओतोनिओमा डुल्दै गरेका गणेश बाटामा लडेका बेला प्रहरीले उदिमेरा अस्पताल पुर्‍याएका थिए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

उदिमेरा अस्पतालले उनको मृत्‍यु भएको जानकारी दिएको छ । अस्पताल स्रोतका अनुसार उनको साथमा कुनै पनि कागजात भेटिएको छैन । प्रहरीलाई जानकारी दिएर आवश्यक कागजात खोज्न म्याग्देली प्रवासी नेपाली संघ (मोना) अलेन्तेजुका अध्यक्ष मणी उपाध्याय उनी बस्ने ठाउँमा पुगेका छन् ।

साओ तेओतोनिओमा रहेका म्याग्देली र नेपालीहरुले उनको अन्तिम संस्कारका लागि स्थानीय स्वास्थ्य र सुरक्षा निकायसँग समन्वय गर्दै रहेको म्याग्दीका डम्मर खत्रीले नमस्ते नेपालीलाई बताएका छन् ।

म्याग्देली समाज अलेन्तेजुका अध्यक्ष मणी उपाध्यायलाई अस्पतालबाट जानकारी प्राप्त भएपछि अन्तिम दाहसंस्कारबारे निर्णय लिने बताइएको छ । दीपकको अन्तिम संस्कारबाट फर्केका गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरे र म्याग्देली प्रवासी नेपाली संघ मोना पोर्तुगलका अध्यक्ष टेक फगामी मगर पनि उदिमेरा अस्पताल पुगेका छन् ।

सन २०१० यता पोर्तुगलमा ३६ नेपालीले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *