सर्लाहीमा सशस्त्र प्रहरी र भारतीयबीच झडप, एक भारतीयको मृत्यु

Spread the love

सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा भारतीय नागरिकले सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको छ । सर्लाहीको भारतीय सीमा नजिकै रहेको सो गाउँमा शुक्रबार बिहानै भारतीय नागरिकहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेको हो ।

ड्युटीमा खटिएका एक प्रहरीको हतियारसमेत उनीहरुले खोसेर लाने क्रममा सशस्त्र प्रहरीले फायरिङ गरेको छ । सशस्त्र प्रहरीको फायरिङबाट एक जनाको ज्यान गएको छ । समूहमा आएका भारतीय नागरिकले सीमामा खटिएका प्रहरीसँग रहेको हतियार खोस्न थालेपछि एकछिन झडप समेत भएको थियो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

त्यस क्रममा केही प्रहरी समेत घाइते भएका छन् । भीड तितरबितर नभएपछि र प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन गोली प्रहार गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *