३४ वडाको परिणाम आउँदा नेकपा २२, कांग्रेस ८, समाजवादी २ र राजपा २ वडामा विजयी

Spread the love

मंसिर १५, काठमाडौं । ५२ स्थानका लागि भएको उपनिर्वाचनको परिणाम आधाआधी आइसकेको छ । ३७ जिल्लाका विभिन्न तहमा भएको निर्वाचनमा गुल्मी, भोजपुर, खोटाङ, काभ्रे, बाग्लुङ, लम्जुङ, कञ्चनपुर, रोल्पा, सल्यान लगायतका जिल्लामा भएको उपनिर्वाचनमा २२ स्थानमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी निर्वाचित भएको छ ।निर्वाचन भएका ४३ वडामध्ये नेकपाले २२ स्थानमा विजयी भएको थियो । अब ९ वडाको निर्वाचन परिणाम आउन बाँकी छ । बाँके, अछाम, बाजुरा, सिन्धुपाल्चोकमा यसअघि कांग्रेसले जितेका वडामा नेकपाले बाजी मारेको छ । चितवन, दाङमा भने नेकपाले आफूले जितेको वडा गुमाएको छ ।

नेकपा २२ ठाउँमा विजयी::)-बैतडीको पुरचौडी नगरपालिका– ४ मा नेकपाका शैलेन्द्र धानुक निर्वाचित भएका छन् । कुल खसेको मतमध्ये धानुकले ६६३ मत पाए । कांग्रेसका गोविन्द धामीले ५५८ मत ल्याएर पराजित भए । १ हजार ३३० मतमध्ये ७५ मत बदर भएको थियो ।सुरूमा कांग्रेसले जितेको प्रचार भएको बाजुराको त्रिवेणी गाउँपालिका–१मा नेपाले जित हासिल गरेको छ । त्रिवेणी–१ मा नेकपाका उमेदवार मनराजे बुढाले ३६७ मत ल्याएर विजयी भए । कांग्रेसका उमेदवार खकेन्द्रबहादुर चदारले ३४७ मत पाए । नेकपाका उमेदवार २० मतको अन्तरमा विजयी भएका हुन् । फिदिम नगरपालिका–१ मा नेकपाका गजाधर भट्टराई १ हजार ४४६ मत प्राप्त गरी विजयी भएका छन् । अछामको मेल्लेख गाउँपालिका–५ मा नेकपाका विजयी भएको छ । यसअघि कांग्रेसले जितेको वडामा नेकपाका रमेश खड्का विजयी भएका हुन् । खड्काले ७७८ मत ल्याएर कांग्रेसका वीरबहादुर बोहोरालाई पराजित गरे बोहोराले ५६३ मत प्राप्त गरेका छन् ।

सिरहाको कल्याणपुर नगरपालिका–१२ मा नेपकाका उमेदवार दिलीपकुमार यादव निर्वाचित भएका छन् ।रामेछापको उमाकुण्ड गाउँपालिका–५ मा नेकपाका कुलबहादुर बस्नेत ७६९ मत ल्याएर विजयी भएका छन् । कांग्रेसका उमेदवारले ३८० मत प्राप्त गरे । समाजवादीले १०, राप्रपाले ५ र १० मत बदर भयो ।बाँकेको कोहलपुर नगरपालिका– ५ मा नेकपाका रामशरण थारू निर्वाचित भएका छन् । उनले १५२ मत ल्याएर साविक विजेता कांग्रेसलाई पराजित गरे । कांग्रेसका श्रीकृष्ण थारुले १३४ मत ल्याए । यसअघि त्यहाँ कांग्रेस निर्वाचित भएको थियो ।सङ्खुवासभाको खाँदबारी नगरपालिका–१३ मा नेकपाका उमेदवार भरतकुमार घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ७६९ मत प्राप्त गरे ।उनले कांग्रेसका उमेदवार विक्रम गुरूङलाई पराजित गरे । गुरूङले ४६७ मत प्राप्त गरे ।
भोजपुरको पौवादुङ्मा नगरपालिका–१ मा नेकपाका उमेदवार जितेन्द्र राई निर्वाचित भए । उनले ६१९ मत ल्याए भने कांग्रेसका उमेदवार सम्मरबहादुर कार्कीले २५४ मत ल्याए । बाग्लुङ बडिगाड गाउँपालिका–२ मा नेकपाका उमेदवार ढालप्रसाद शेरचन ७०४ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका उमेदवारले ४१२ मत प्राप्त गरे ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–३ को उपनिर्वाचनमा सत्तारूढ दल नेकपाका उमेदवार शिवभक्त बलामी निर्वाचित भएका छन् । उनले ६१८ मत प्राप्त गरे । कांग्रेसका उमेदवारले २७८, राप्रपा (संयुक्त)ले १०७ र राप्रपाले ७ र २९ मत बदर भएको बताइएको छ ।धुलिखेल नगरपालिका–२ को उपनिर्वाचनमा पनि नेकपा विजयी भएको छ । नेकपा उमेदवार देवप्रसाद कोइरालाले ८६८ मत प्राप्त गरेका छन् । कांग्रेसका उमेदवार दर्णबहादुर खत्रीले ५८२, राप्रपा (संयुत्त)का उमेदवार बासु थापा ले ६ मत प्राप्त गरेका छन् ।सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उपनिर्वाचनमा नेकपा विजयी भएको छ ।

रिक्त वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपाका उमेदवार केदारप्रसाद आचार्यले ७१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राले तामाङले ४३१ मत प्राप्त गरे । पशुपति शमशेर नेतृत्वको राप्रपा (संयुक्त)ले १२, कमल थापा नेतृत्वको राप्रपाले ३ र ९ मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ । अघिल्लो निर्वाचनमा त्यहाँ कांग्रेस निर्वाचित भएको थियो ।त्यस्तै सल्यानको कुमाखमालिका गाउँपालिका–५ को वडाध्यक्ष निर्वाचनमा नेकपाका उमेदवार धर्मे बुढाथोकी निर्वाचित भएका छन् । कुल ११२४ मत खसेको मध्ये बुढाथोकीले ७९२ मत ल्याए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका खडकबहादुर बुढाथोकीले २५१ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *