रुसी कृषकहरुको अनौठो उपाय : धेरै दूध उत्पादन गर्न गाईलाई चस्मा !

Spread the love

मंसिर १५, एजेन्सी । भर्चुअल रियालिटी अब भिडयो गेमका लागि मात्र सीमित नभएर अरु धेरै कुरामा उपयोगी साबित भइरहेको छ जसको सबैभन्दा अनौठो उदाहरण हो खेती । यो प्रविधिले कसैले सोच्न नसक्ने गरि कृषि क्षेत्रमा योगदान पुर्याइरहेको छ ।यसरी मान्छे मात्र नभएर जीवजन्तुले पनि ‘भर्चुअल रियालिटी’ अर्थात् भीआरको फाइदा उठाउन सक्ने रुसको मस्कास्थित कृषकहरु देखिएका हुन् । त्यहाँका किसानहरुले गुणस्तरीय दूधको उत्पादन बढाउनकै लागि गाईहरुको मुडमा सुधार ल्याउन तिनलाई भीआर चस्मा लगाइदिएका हुन् । उक्त भिआरले गाईहरुलाई सन्तुलित रङ्सहितको गर्मीयामको खुला चौर देखाउनेछ । यसले तिनीहरुलाई वास्तविकता भन्दा राम्रो दृश्य प्रदान गर्ने बताइएको छ । यति मात्र नभएर तिनलाई विशेष फिचरयुक्त हेडफोनको व्यवस्था समेत मिलाइएको थियो ।

गाईको भर्चुअल दुनियाँमा उनीहरु गर्मीयामको खुला हरियो चौरमा म्गन भएका थिए ।आश्चर्यजनक रुपमा किसानहरुको यो अनौठो तरिका प्रभावकारी साबित भइरहेको छ । यसको पहिलो परीक्षणपछि एआइ लगाए पश्चात् गाईहरुको एन्जाइटी कम भएको र समग्रमा तिनको सेन्टिमेन्टलाई पनि बढावा मिलेको बताइएको छ । यसले दूधको मात्रामा कसरी प्रभाव पार्न सक्छ भन्नेबारे स्पष्ट जानकारी नभएपनि सो प्रश्नको जवाफ खोजी गर्न विस्तृत अध्ययनको योजना बनिरहेको छ ।यसमा गाइले प्रयोग गरिरहेका ती उपकरण हटाइँदा यसले तिनको मनस्थितिमा कस्तो असर पुर्याउँछ वा जोखिमयुक्त हुन सक्ने सम्बन्धी स्पष्ट भएको छैन । यसअघि पनि गाईवस्तुहरुको मुडमा सुधार ल्याउन तिनीहरुलाई मनोरञ्जनात्मक विकल्प प्रदान गरिएको पाइएको छ । जस्तैकि मिसौरीका एक कृषकले आफ्ना गाईवस्तुका लागि गीत र धुनहरु बजाउने गरेका छन् । – सीएनएनबाट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *