साग महिला भलिबलमा नेपालको ऐतिहासिक सफलता, फाइनल भिडन्त भारतसँग

Spread the love

१४ मङ्सीर, काठमाडौँ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा श्रीलंकाविरुद्ध नेपालले शानदार जित निकालेको छ ।

शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हल त्रिपुरेश्वरमा भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध ३–० को सोझो सेटको जित निकालेको हो ।

नेपालले प्रतिभा मालीको उत्कृष्ट प्रदर्शनमा २५–१४, २५–१८ र २५–२१ को जित निकाल्यो । यससँगै नेपाली महिलाले ऐतिहासिक सफलता प्राप्त गरेको छ । यसअघि भएका सागमा नेपालले कास्य पदक मात्र हात पार्न सकेको थियो । यो जितसँगै नेपालले कम्तिमा रजत पदक पक्का गरेको छ ।

श्रीलंकाले दोस्रो र तेस्रो सेटको खेलमा भने सुधारिएको प्रदर्शन ग¥यो । उसले तेस्रो सेटमा सुरुवाती अग्रता लियो । तर नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पा¥यो ।

यो जितसँगै फाइनलमा नेपालले स्वर्ण पदकका लागि भारतसँग भिड्ने भएको छ । भारत पहिलो सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ३–० को सेटमा विजयी हुँदै फाइनल प्रवेश गरेको थियो । – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *