‘लिपुलेक र कालापानी नेपालकाे नक्सामा छैन भन्ने सांसदलाई कारबाही गरियाेस्’

Spread the love

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीकी नन्दा चपाईंले राष्ट्रियसभाको आज बसेकाे बैठकमा लिपुलेक नेपालको नक्सामा छैन भन्ने सांसदलाई किन कारबाही हुँदैन भनेर प्रश्न उठाएकी छन् । उनले नेपालको नक्सामा लिम्पियाधुरा र कालापानी छैन भन्ने सांसदलाई यथाशीघ्र कारबाही गर्नुपर्ने बताएकी छन् ।

उनले भनिन्, ‘नेपालको सदनमा हिन्दी भाषा बोलिन्छ, सदनमा हिन्दी भाषा बोल्ने काम संविधानको कुन धारा र भागमा छ ? जान्न चाहन्छु ।’

त्यस्तै, राष्ट्रियसभाका सांसदले कोभिड–१९ कारण सुरु गरिएको बन्दाबन्दीका समयमा गर्भवती र सुत्केरीले भोग्नुपरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

नेपाल कम्युनिस्ट पार्टीकी दीपा गुरुङले लामो समयसम्म बन्दाबन्दी हुँदा गर्भवती र सुत्केरीले समयमै उपचार नपाएर अकालमा ज्यान गुमाउनुपरेको बताउँदै उनीहरुको उपचारमा प्राथमिकता दिन सरकारलाई आग्रह गरिन् ।

उनले भनिन्, ‘सुत्केरीलाई भएमा बढीमा एक वर्ष र घटीमा ६ महिनासम्म राम्रो खाना, बस्न र आरामको आवश्यकता पर्छ तर बन्दाबन्दीले गरिबलाई ग्रसित बनाएको छ, त्यसमाथि सुत्केरीलाई अझै ग्रसित बनाएको छ । उनीहरुलाई कम्तीमा समयमै उपचारको व्यवस्था गरियोस् ।’

नेकपाकै नैनकला ओझाले नेपाल जस्तो कृषिप्रधान देशमा कृषकले उत्पादन गरेको फलफूल र तरकारीको उचित बजारको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन् । – रासस

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *