क्यानबेरा उड्यो निगमको वाइड बडी, नेपाल र अस्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान

Spread the love

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले अस्ट्रेलियाको राजधानी क्यानबेराका लागि चाटर्ड उडान गरेको छ। निगमको वाइड बडी ए३३० जहाज सोमवार साँझ ५ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्यानबेराका लागि उडान भरेको हो।

वाइड बडी जहाजले २६३ यात्रु बोकेर क्यानबेरा उडेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। निगमले सोमवार तेस्रो पटक अस्ट्रेलियामा चाटर्ड उडान गरेको छ। यो नेपालको राजधानी र अस्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ।

नेपालस्थित अस्ट्रेलियाली दूतावासले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको निगमले जनाएको छ। नेपालमा लकडाउनका कारण रोकिएका अस्ट्रेलिया र न्युजिल्याण्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिक सो उडानमा अष्ट्रेलिया फर्किएका हुन्।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

यसअघि वैशाख २४ गते निगमको वाइड बडी जहाजले अस्ट्रेलियाको सिड्नीमा उडान गरेको थियो । त्यस्तै, लकडाउनको अवधिमा निगमको वाइड बडी जहाजले पहिलो पटक गत चैत १९ गते अस्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो।

मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो। निगमको पुनः अस्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ। – अउसनेपालन्युज

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *