कोरोनाका कारण पोर्तुगलमा १,४८५ को ज्यान गयो, ३४ हजार ८८५ संक्रमित (तथ्याङ्कसहित)

Spread the love

नमस्ते नेपाली, लिस्बन । पोर्तुगलमा कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ८५ ले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएका छन् भने १९२ जना नयाँ संक्रमित थपिएका छन् ।

थप १९२ सहित हालसम्म ३४ हजार ८८५ संक्रमित भएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

पोर्तुगलमा २१ हजार १५६ जना संक्रमित अस्पतालमा उपचारपछि सामान्य जीवनमा फर्किसकेका छन् । महानिर्देशनालयको तथ्याङ्कअनुसार १६ सय तीनजनाको कोभिड-१९ टेष्टको नतिजा आउन बाँकी छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

३६६ विरामी अस्पतालमा उपचाररत छन् भने ५५ जना सिकिस्त रहेका छन् । पोर्तुगलमा आठ लाख ७३ हजार ९९८ जनाको कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *