थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

Spread the love

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३१४ जनामा कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण पृष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले आज थप ३१४ जनामा सङ्क्रमण भएको पृष्टि गरे ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २९४ पुरुष र २० महिलामा सङ्क्रमण भएको पृष्टि गरेका हुन् ।

आज थपिएकासँगै कूल सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ पुगेको छ । तीमध्ये पुरुष तीन हजार ५०६ र महिला २५६ रहेका छन् । यसरी सङ्क्रमित जिल्ला ७१ पुगेको छ । – राजधानी

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *