हेर्नुहोस् ‘घुस’ दिएर लाइसेन्स निकाल्नेहरूको विवरण

Spread the love

१४ मङ्सीर, काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘घुस खाएर लाइसेन्स बाँडेको’ आरोपमा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका ३८ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा चलायो । ट्रायल परीक्षामा सहभागी नभएका अनि ट्रायल दिएर पनि फेल भएकालाई लाइसेन्स दिएको आरोप उनीहरुमाथि थियो ।

उनीहरुमाथि भ्रष्टाचार मुद्दा लगाए पनि अख्तियारले घुस लिएर लाइसेन्स लिने १२ सय ८४ जना सवारी चालकहरुको नाम सार्वजनिक गरेन। उसले तिनीहरुको सूची यातायात व्यवस्था विभागमा पठाइ लाइसेन्स रद्द गर्न आग्रह गर्‍यो।

सवारीचालक अनुमतीपत्र कार्यालय, एकान्तकुनाले २०६९ सालको वैशाख, जेठ र असारमा गरेको ट्रायल परीक्षामा गैरकानुनी रुपमा लाइसेन्स लिनेमाथि अख्तियारले मुद्दा चलाएको हो।

अख्तियारले त्यसअघि नयाँ लाइसेन्स जारी गर्दा कार्यालयमा अभिलेख समेत नष्ट गरेको दाबी गरेको थियो। यातायात व्यवस्था विभाग उच्च स्रोतले उपलब्ध गराएको विवरणमा फेल भएर पनि लाइसेन्स पाएका अनि ट्रायलमै उपस्थित नभएका १२ सय ८४ जनाको नामावली छ। उनीहरुमध्ये कतिपयले ६ देखि २५ हजार रुपैयाँ ‘खर्च गर्नुपरेको’ बताएका छन्।

ट्रायल दिँदा फेल भइ परीक्षा समितिको निर्णयबाट ४६ परीक्षार्थीलाई पास गराएको दाबी छ । हेर्नुहोस् यी हुन् ‘घुस’ दिएर लाइसेन्स निकाल्नेहरु :

– कान्तिपुर

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *