एनआरएनए अष्ट्रियाका अध्यक्ष चौलागाइँलाई राजनीतिक भातृ संगठनको कठपुतली बनेको आरोप

Spread the love

नमस्ते नेपाली, लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद अष्ट्रियाका अध्यक्ष बिनोद चौलागाइँलाई फेरि अर्को झड्का लागेको छ । एनआरएनए केन्द्रको पहलमा विवाद समाधान गर्न बसेको साइबर बैठकमा केन्द्रको निर्देशन नमान्ने कुरा गर्दै बैठकबाट बहिरिएका चौलागाइँलाई आज साल्जवर्ग क्षेत्रीय समन्वय परिषदले गम्भीर आरोप लगाउदै एनआरएनए अष्ट्रियासँग सम्वद्धता तोडेको घोषणा गरेको छ ।

साल्जवर्ग क्षेत्रका अध्यक्ष कृष्ण विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा चौलागाइँले केन्द्रको अनुरोध अस्वीकार गरेपछि आफ्नै देशको क्षेत्रीय समन्वय परिषदले उनीविरुद्ध ३-४ परिवारको पहुँचमा मात्र सीमित राखी श्रीमान् श्रीमती भर्ति गर्ने थलो बनाईएको आरोप लगाएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

विज्ञप्तिमा अध्यक्ष चौलागाइँ अमूक राजनीतिक भातृ संगठनको कठपुतलीको रुपमा परिणत भएको जसले गर्दा गैर राजनैतिक संस्था भनी चिनिने एनआरएनएकै गरिमामाथि ठूलो प्रश्न चिन्ह खडा भएको दावी गरिएको छ । चौलागाइँमा समाजको नेतृत्व गर्ने र संस्थालाई संस्थागत ढंगले संचालन गर्ने क्षमता नभएको ठहर गरेको कुरा विज्ञप्तिमा उल्लेख छ । (फोटो : चौलागाइँको फेसबुकबाट)

विज्ञप्तिको पूर्ण विवरण :

आदरणीय साल्जवर्गबासी तथा समग्र अष्ट्रियाबासी गैर आवासीय नेपालीहरुमा नमस्कार,

संख्याको हिसावले अष्ट्रियामा सबैभन्दा धेरै नेपालीहरु बसोबास गर्ने दोश्रो शहरको रुपमा चिनिने साल्जवर्गमा विगत लामो समय देखि NRNA LCC Salzburg को व्यानरमुनि सकृय रुपमा विविध सामाजिक गतिविधिहरु संचालन गर्दै आईरहेको दर्विलो इतिहास रहँदारहँदै नव गठित NRNA – NCC ( 2019 – 2021) अष्ट्रियाको असक्षम नेतृत्वको कारणले गर्दा LCC हरुमा समेत प्रत्यक्ष असर परी गतिविधिहरु संचालन गर्न र NCC भित्रको विवादका कारण समन्वयमा गहिरो असर परेकोमा आम अष्ट्रियाबासी गैर आवासीय नेपालीहरुले खेद प्रकट गरिरहेका छन् । एउटा सक्रिय LCC को रुपमा चिनिने साल्जवर्ग NCC नेतृत्वको असक्षमताको कारण कतिन्जेल कुँजिएर बस्ने भनी यसको निदानको निम्ति मिति ७ जुन २०२० मा LCC साल्जवर्गको बैठक बसी NRNA LCC साल्जवर्गले आगामी दिनमा अपनाउने मार्ग निर्धारण गरेको जानकारी गराउँदछौँ । छलफलको दौरानमा NCC Austria भित्र निम्न कमी कमजोरी भइरहेको पाईएको :

(१) साझा संस्थाको रुपमा चिनिने NRNA लाई निहित स्वार्थपूर्तिको निम्ति ३-४ परिवारको पहुँचमा मात्र सीमित राखी श्रीमान् श्रीमती भर्ति गर्ने थलो बनाईएको ।

(२) जननिर्वाचित पदाधिकारीहरुलाई अनेक कपोलकल्पित लान्छना लगाई निरन्तर रुपमा स्पष्टिकरण र कारवाही गर्नमा समय व्यतित गर्दै मानसिक तनाव सिर्जना गर्ने र निस्कृय राख्ने रणनीति अपनाउँदै संस्थामा भाँड भैलो मच्चाउन स्वयम् नेतृत्व नै सकृय रहेको जसले गर्दा सिङ्गो नेपाली समाज अष्ट्रिया नै खण्ड खण्डमा विभाजित हुन पुगेको ।

(३) कमिटि गठन भएको १ वर्ष हुन लाग्दा पनि LCC हरुको सकृय परिचालनमा कुनै रुचि नदेखाएको ।

(४) गरिमामय पदमा आसिन अध्यक्ष स्वयम् कमिटिका पदाधिकारीलाई ब्ल्याकमेल गर्नमा तल्लिन पाईएको ।

(५) साझा व्यक्तिको रुपमा पदको गरिमालाइ कायम राख्न भुलेर अध्यक्ष अमुक राजनैतिक भातृ संगठनको कठपुतलीको रुपमा परिणत भएको जसले गर्दा गैर राजनैतिक संस्था भनी चिनिने NRNA कै गरिमामाथि ठूलो प्रश्न चिन्ह खडा भएको ।

(६) आफूलाई अत्याधिक मतले बिजय गराउन भूमिका खेलेका साल्जवर्गबासी कार्यसमितिका सदस्यहरु बिरुद्ध मानसिक तनाब दिने SMS , Status लेखी स्वयमलाई नै Criminal Cyber Crime लाग्ने खालका गतिबिधि गरेको ।

यी माथि उल्लेखित बाहेक शब्दमा उल्लेख गर्न अशोभनीय असीमित गतिविधिहरु NCC अध्यक्षले वारम्वार गर्दै आईरहेको पाईएकोले र उहाँमा यो समाजको नेतृत्व गर्ने र संस्थालाई संस्थागत ढंगले संचालन गर्ने क्षमता नभएको ठहर गर्दै यो कार्यकालको निम्ति (2019-2021) NCC मा यही नेतृत्व रहुन्जेलसम्म LCC साल्जवर्गले NCC Austria बाट सम्बद्धता तोडी बाहिरिएर स्वतन्त्र रुपमा आफ्ना गतिविधिहरु संचालन गर्ने निर्णय गरिएको यसै विज्ञप्तिद्वारा साल्जवर्ग क्षेत्र लगायत अष्ट्रियाभर बसोबास गर्नुहुने आम गैर आवासीय नेपालीहरुलाई जानकारी गराउँदछौँ ।

– कृष्ण विश्वकर्मा, अध्यक्ष, NRNA LCC Salzburg

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *