नेपाल फर्कन चाहने नेपालीलाई दूतावासको निर्देशनमा प्रहरीको डण्डा !

Spread the love

युएई । कोरोना महामारीले अलपत्र परेका नेपालीलाई यूएईस्थित नेपाली राजदूतावासले प्रहरी बोलाएर लखेटेको छ । गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष प्रकाश कोइरालाका अनुसार आइतवार नेपाल फर्कनका लागि आग्रह गर्न दूतावास पुगेको नेपालीहरुलाई राजदूत कृष्णप्रसाद ढकालकोे आदेशमा प्रहरीले नेपालीमाथि दुर्व्यवहार गरेको हो ।

दूतावासले नेपालीप्रति गरेको व्यवहार त्यहांस्थित नेपाली समुदायले निन्दा गरेका छन् । आफ्नो समस्या लिएर दूतावास पुगेका मध्येका एक यम थापा पैसा खर्च गरेर दुःखले एम्बेसी पुगेको थिए । राजदूत ढकालले पुलिस बोलाएर लखेटेकोमा थापाले दुखेसो पोखेका छन् । उनले अब हामी कहाँ जानु भनेर आफ्नो फेसबुक टाइमलाइनमार्फत दूतावासका कर्मचारीहरुलाई प्रश्न गरेका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ । युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सय जनाको नेपाल फर्कने प्रारम्भिक सूची बनेको छ । – नेपाल ब्रिटेनबाट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *