कोरोना भाइरसबाट विश्वभर १४० नेपालीको ज्यान गयो : १४ हजार ४५४ लाई संक्रमण

Spread the love

योगेन्द्रमिलन छन्त्याल, लिस्बन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार साँझसम्म विश्वभर १४० को मृत्‍यु भएको छ । नेपालभित्र १३ र विदेशमा १२७ गरी १४० को मृत्‍यु भएको हो ।

गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ गैरआवासीय नेपालीको मृत्यु भएको छ । समितिका संयोजक सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (युएई) मा १९ जना नेपालीको निधन भएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ, यस्तै साउदी अरबमा ८, कतारमा ५, बहराइनमा ३, कुवेतमा ३, आयरल्याण्डमा एक, जापानमा एक, टर्कीमा एक, नेदरल्याण्डसमा एक, र स्वीडेनमा एकको मृत्यु भएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार यो साता कतारमा ४, कुवेतमा १, बेलायतमा १ गरी ६ को कोरोना भाइरसको कारणले ज्यान गुमाएका छन् । तर नेपालीहरुको मृत्यु र संक्रमणको दरमा भने उल्लेख्य रुपमा कमी आएको एनआरएनएको भनाइ छ ।

समितिको तथ्यांकअनुसार १३ देशमा रहेका नेपालीहरुको ज्यान गएको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, संयुक्त राज्य अमेरिका, साउदी अरब, कतार, बहराइन, कुवेत, आयरल्याण्ड, जापान, टर्र्की, नेदरल्याण्डस् र स्वीडेनमा रहेका नेपालीको मृत्यु भएको छ ।

संयोजक सापकोटाका अनुसार विदेशमा मात्र १४ हजार ४ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो सातासम्म प्रवासमा कोरोनाका कारण १२१ नेपालीको निधन भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *