एनआरएनए माल्टाका पदाधिकारीद्वारा सामूहिक राजीनामा

Spread the love

लिस्बन । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद माल्टाका पदाधिकारीले सामूहिक राजीनामा गरेका छन् ।

उनीहरुले विहीवार नैतिकताको आधारमा सामूहिक राजीनामा गरेका हुन् । माल्टामा श्रमिक ल्याउन संघका पदाधिकारीहरुनै बिचौलियाको रुपमा संग्लग्न रहेको समाचार बाहिरिएपछि उनीहरुले राजीनामा दिएका हुन् ।

स्रोतका अनुसार एनआरएनए माल्टाका अध्यक्ष राजु अर्याल (बाबु) र महासचिव सन्देश केसी लगायतले सामूहिक राजीनामा गरेका हुन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

यस मामिलाबारे एनआरएनएले एक छानबीन समिति गठन गरेको थियो । छानविन समितिमा युरोप उपसंयोजकहरू मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने र आईसीसी सदस्य रामशरण सिम्खडा छन् ।

छानविन समितिका एक सदस्यका अनुसार समितिले आफ्नो प्रतिवेदन संघलाई बुझाउने तयारी अन्तिम चरणमा पुगेको छ । यसैसाता समितिले संघको केन्द्रीय समिति (आइसीसी) लाई प्रतिवेदन बुझाउने तयारी रहेको ती सदस्यले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *