उपनिर्वाचनको मुखैमा वडाध्यक्षको निधन

Spread the love

१४ मङ्सीर, संखुवासभा । जिल्लाको चैनपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष काजी शेर्पाको निधन भएको छ । क्यान्सरबाट पीडित शेर्पाको बिहीबार राति आफ्नै निवासमा मृत्यु भएको हो ।

शेर्पाले छ महिनाअघि फोक्सोमा क्यान्सर भएको थाहा पाएका थिए । त्यसपश्चात नियमित उपचार गराए पनि उनको उपचारले पार नलगाएको हो । शेर्पा तत्कालीन नेकपा एमालेबाट निर्वाचित पदाधिकारी थिए ।

शिक्षण पेशाबाट अवकाश लिएपछि वडाध्यक्ष बनेका शेर्पाको ५६ वर्षको उमेरमा निधन भएको हो । शेर्पाको शुक्रबार अन्त्येष्टि गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *