नेपालमा कोरोना संक्रमितको संख्या ३२ सय ३५, १३ ले ज्यान गुमाए

Spread the love

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ । आज मात्र ३ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप ३ सय २३ जनामा कोरोनो संक्रमण भएको पुष्टि गरेका छन् ।

कोरोना भाइरसका कारण नेपालमा थप २ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार कैलाली र डोल्पामा एक/एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

मन्त्रालयका अनुसार डोल्पाको जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । यस्तै, सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा मृत्यु भएकी ५५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

डोल्पामा मृत्यु भएका संक्रमित जेठ १८ गते नेपालगञ्जबाट सुर्खेत हुँदै डोल्पा पुगेका थिए । आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *