भाइबरमा पनि २० जनासम्म एकसाथ भिडियो कल गर्न सकिने

Spread the love

भाइबरले नेपालमा ग्रुप भिडियो कल नामक नयाँ सेवा सुचारु गरेको छ, जसमार्फत असीमित अवधिसम्म बढीमा २० जनासम्म एकसाथ भिडियो कल गर्न सकिनेछ । यसभन्दा अघि शुरु गरिएको भाइबरको ग्रुप अडियो कल सेवाको सफलताबाट प्रोत्साहित हुँदै एक अर्काबीच आमने–सामने भएर संवाद एवं छलफल गर्नका लागि व्यापक भिडियो कलको बढ्दो माग भैरहेको सन्दर्भलाई दृष्टिगत गरेर यो नयाँ विशेषता भाइबरमा थप गरिएको हो ।

सामाजिक दूरीको नियम र मानिसहरुमाझ समूहगत भेटघाटमा रोक लागेको कारणले अनलाइन छलफल गर्नु सुविधा मात्र नभएर आवश्यकता नै भएको छ । अनलाइन कुकिङ शिक्षा संचालन गर्ने सेफहरुदेखि लिएर योगाभ्यासको कक्षा लिइरहेका योग गुरुहरुसम्म, सामूहिक कार्य गर्ने सबैलाई सुरक्षित, प्रभावकारी अनलाइन मञ्च जरुरी भएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

मोबाइल तथा डेस्कटप दुबैमा भाइबर एपमार्फत भाइबर ग्रुपकल सजिलै सञ्चालन गरी कार्य–मैत्री सुविधाहरु जस्तै स्क्रिन सेयर गर्ने र भिडियो प्रसारण गर्ने कार्य गर्न सकिन्छ । भाइबरको ग्रुप च्याटहरु र ग्रुप भ्वाइस कलहरुका साथ आमनेसामने सञ्चारको यो नयाँ माध्यम ‘न्यू नर्मल’सँग सामना गर्ने एक उत्तम तरिका हो ।

ग्रुप भिडियो कल शुरु गर्न अत्यन्त सजिलो छ । केवल स्क्रिनको माथिल्लो छेऊमा भएको नयाँ ‘भिडियो’ बटन दबाएर अथवा चालू भइरहेकै भिडियो कलमा थप सहभागीहरुलाई सजिलैसँग थप्न सकिन्छ ।

ग्रुप भिडियो कलले वक्तालाई सबै सहभागीहरुमाझ भिडियो प्रदर्शन गर्ने मौका दिन्छ । प्रयोगकर्ताहरुले कलको दौरानमा आफ्नो व्यक्तिगत स्क्रिनमा कोही एकको भिडियो निजी रुपमा पिन गर्न सकिन्छ । साथै प्रयोगकर्ताहरुले आफ्नो भिडियो बन्द गर्न र आफैलाई म्यूट राख्न पनि सक्नेछन रकलको दौरान अन्य कोही सहभागी म्यूट रहेको वाउनीहरुको भिडियो बन्द भएको पनि देख्न सक्नेछन् ।

भाइबरका सिओओ अफिर एयालले भने, ‘हामी हाम्रा प्रयोगकर्ताहरुलाई बढीमा २० जनासम्म रहने गरी भिडियो कलमा सहभागी गराउन समर्थ भएकोमा अत्यन्त उत्साहित भएका छौं र यसलाई हामी चाँडै नै अझ विस्तार गर्ने दिशामा अग्रसर छौं । भाइबरले एक महत्वपूर्ण उद्देयका साथ समाजलाई सेवा प्रवाह गर्दै आएको छ, अब त्यसमा पहिलेको भन्दा धेरै यसले प्रयोकर्ताहरुलाई सजिलै सञ्चार गर्न सक्षम बनाएको छ । हाम्रो जीवनमा भिडियो छलफल पहिले भन्दा अझ ज्यादा हुनेछ, यसैले हामीले यो नयाँ विशेषता शुभारम्भ गर्ने निर्णय गरेका हौं र प्रयोगकर्ताहरुलाई वास्तवमा नजिक ल्याउने अर्को कदम हो । जब आमने–सामने मिटिङ गर्ने अरुकुनै विकल्प छैन ।’

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *