शुक्रबारदेखि विदेशमा रहेका नेपालीको उद्धार सुरु गरिने

Spread the love

पहिलो चरणमा युएई र म्यानमारबाट दुई सयभन्दा बढी स्वदेश फर्किँदै

काठमाडौं। सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई शुक्रबारदेखि स्वदेश फर्काउने भएको छ। शुक्रबार म्यानमार र युएईबाट नेपाली नागरिक स्वदेश फर्किँदै छन्। श्रम मन्त्रालयका अनुसार युएईबाट २ सय भन्दा बढी नेपाली र म्यानमारबाट ३५ जना नेपाली नागरिक स्वदेश फर्किँदैछन्।

उनीहरुलाई उपत्यकाका सातवटा क्वारेन्टाइनमा राख्ने तयारी भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले शुक्रबार युएई र म्यानमारबाट नेपाली नागरिक ल्याउन सुरु गर्ने जानकारी दिए।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

‘युएईबाट दुई सय भन्दा बढी र म्यानमारबाट ३५ जना नागरिक शुक्रबार स्वदेश फर्किँदै हुनुहुन्छ,’ मन्त्री यादवले डिसी नेपालसँग भने, ‘उहाँहरुलाई उपत्यकाभित्रका सातवटा क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ।’

म्यानमारले सरकारको आग्रहमा सैनिक जहाजमा नेपाली नागरिक ल्याउन लागेको हो। म्यानमारले नेपालमा रहेका आफ्ना नागरिक लिन लाउँदा नेपाली नागरिकलाई यसकै खर्चमा ल्याइ दिने भएको हो।

पहिलो चरणमा सम्बन्धित देशकै खर्चमा नेपालीलाई ल्याउन लागिएको हो। शुक्रबार युएईले आफ्नै चार्टर विमानमा दुई सयभन्दा धेरै नेपाली नागरिक नेपाल ल्याउन लागेको श्रम मन्त्रालयले जनाएको छ।

सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकतका आधारमा उद्धार गर्ने निर्णय यसअघि नै गरिसकेको छ। सरकारले नेपाली कामदार कार्यरत रहेका मुलुकलाई पत्र पठाउँदै नेपाल फर्किनु अघि सबै नेपाली नागरिकको कोरोना परीक्षण गर्न आग्रह गरेको थियो। – डिसी नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *