कोरोनाले ज्यान गुमाउनेको संख्या १० पुग्यो, संक्रमितको संख्या २६ सय ३४

Spread the love

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

भारतबाट पाँचदिनअघि आएका पाल्पाका एक ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

थप ३३४ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या २६ सय ३४ पुग्यो

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

उनी पाल्पाको पूर्वखोला गाउँपालिकाका हुन् । उनी भारतबाट पाँच दिन अगाडि नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई तीन दिनअघि मिसन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमै उनको मंगलबार मृत्यु भएपछि संकलन गरिएको स्वाबको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

बिहीबार एकै दिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार बुधबार ३३४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या दुई हजार ६ सय ३४ पुगेको छ। बुधबार २०१ जना र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो।

बिहीबार पीसीआर विधिबाट ८४ हजार एक सय ३४ र आरडीटी विधिबाट एक लाख २५ हजार पाँच सय ६४ को नमुना परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार आठ सय ६७ र आरडीटी विधिबाट पाँच हजार एक सय ८५ जनाको नमुना परीक्षण गरिएको छ।

बिहीबारका संक्रमितमध्ये विराटनगरमा एक, वीरगन्जमा एक, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १८, प्रादेशशिक जनस्वास्थ्य प्रयोगशाला, हेटौंडा ९, पोखराको प्रयोगशालाको परीक्षणमा १६, सेती प्रादेशिक अस्पतालको परीक्षणमा ३, भेरी अस्पतालको परीक्षणमा ४२, धुलिखेल अस्पतालको परीक्षणमा १७, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान १५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान १०६, कोसी अस्पतालमा ५, प्रादेशिक अस्पताल सुर्खेत आठ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु ९३ जना गरेर बिहीबार मात्र तीन सय ३४ जनामा कोरोना पुष्टि भएको हो।

जसमध्ये पुरुष दुई हजार चार सय ५० छन् भने महिला १८४ जना छन् । – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *