विश्वभर ६६ लाख सात हजार संक्रमित, सबैभन्दा धेरै मृत्यु हुने २० मुलुक

Spread the love

काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण विश्वभर ज्यान गुमाउनेको संख्या तीन लाख ८८ हजार नाघेको छ ।

मंगलबार बेलुकी ७:०० बजेसम्मको तथ्यांकअनुसार कोरोना संक्रमणको कारण विश्वभर तीन लाख ८८ हजार ५७५ ले ज्यान गुमाएका छन् ।

अहिलेसम्म विश्वभर ६६ लाख सात हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । ३१ लाख ९३ हजार ३९४ विरामी उपचारपछि निको भएर सामान्य जीवनमा फर्किएका छन् ।

अझै ३० लाख २५ हजार ८५६ मा कोरोनाको संक्रमण सकृय रहेको देखिएको छ । ५४ हजार २४५ विरामीको अवस्था चिन्ताजनक रहेको वर्ल्डोमिटर तालिकामा उल्लेख छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

अहिलेसम्म संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा एक लाख नौ हजार १७६ ले ज्यान गुमाएका छन् । अमेरिकापछि क्रमशः बेलायत, इटाली, ब्राजिल, फ्रान्स र स्पेनमा धेरैको मृत्यु भएको छ ।

बेलायतमा अहिलेसम्म कोरोना संक्रमणको कारण ३९ हजार ७२८ ले ज्यान गुमाएका छन् । इटालीमा ३३ हजार ६०१, ब्राजिलमा ३० हजार ६०२, फ्रान्समा २९ हजार २१ र स्पेनमा २७ हजार १२८ ले ज्यान गुमाएका छन् ।

संसारकै वैभवशाली देश अमेरिकादेखि स्वीटजरल्यान्डसम्म सर्वाधिक चपेटामा परेका २० देशमा मृत्‍यु हुनेको संख्या र संक्रमित हुनेको संख्याको विवरण तल प्रस्तुत गरिएको छ ।

१) अमेरिका :

संक्रमित भएकाको संख्या : १९,०३,८६८

मृत्‍यु भएकाको संख्या : १,०९,१७६

२) बेलायत :

संक्रमित भएकाको संख्या : २,७९,८५६

मृत्‍यु भएकाको संख्या : ३९,७२८

३) इटाली :

संक्रमित भएकाको संख्या : २,३३,८३६

मृत्‍यु भएकाको संख्या : ३३,६०१

४) ब्राजिल :

संक्रमित भएकाको संख्या : ५,८७,०१७

मृत्‍यु भएकाको संख्या : ३२,६०२

५) फ्रान्स :

संक्रमित भएकाको संख्या : १,५१,६७७

मृत्‍यु भएकाको संख्या : २९,०२१

६) स्पेन :

संक्रमित भएकाको संख्या : २,८७,४०६

मृत्‍यु भएकाको संख्या : २७,१२८

७) मेक्सिको :

संक्रमित भएकाको संख्या : १,०१,२३८

मृत्‍यु भएकाको संख्या : ११,७२९

७) बेल्जियम :

संक्रमित भएकाको संख्या : ५८,७६७

मृत्‍यु भएकाको संख्या : ९,५४८

९) जर्मनी :

संक्रमित भएकाको संख्या : १,८४,४७०

मृत्‍यु भएकाको संख्या : ८,७०१

१०) ईरान :

संक्रमित भएकाको संख्या : १,६४,२७०

मृत्‍यु भएकाको संख्या : ८,०७१

११) क्यानाडा :

संक्रमित भएकाको संख्या : ९३,०८५

मृत्‍यु भएकाको संख्या : ७,४९८

१२) भारत :

संक्रमित भएकाको संख्या : २,१७,९६७

मृत्‍यु भएकाको संख्या : ६,०९४

१३) नेदरल्यान्डस :

संक्रमित भएकाको संख्या : ४६,९४२

मृत्‍यु भएकाको संख्या : ५,९९०

१४) रुस :

संक्रमित भएकाको संख्या : ४,४१,१०८

मृत्‍यु भएकाको संख्या : ५,३८४

१५) पेरु :

संक्रमित भएकाको संख्या : १,७८,९१४

मृत्‍यु भएकाको संख्या : ४,८९४

१६) चीन :

संक्रमित भएकाको संख्या : ८३,०२२

मृत्‍यु भएकाको संख्या : ४,६३४

१७) टर्की :

संक्रमित भएकाको संख्या : १,६६,४२२

मृत्‍यु भएकाको संख्या : ४,६०९

१८) स्वीडेन :

संक्रमित भएकाको संख्या : ४०,८०३

मृत्‍यु भएकाको संख्या : ४,५४२

१९) इक्वेडर :

संक्रमित भएकाको संख्या : ४०,९६६

मृत्‍यु भएकाको संख्या : ३,४८६

२०) स्वीटजरल्यान्ड :

संक्रमित भएकाको संख्या : ३०,९१३

मृत्‍यु भएकाको संख्या : १,९२१

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *