आज उपनिर्वाचन : ३७ जिल्लाबाट ५२ प्रतिनिधि छानिदै

Spread the love

मङ्सीर १४, काठमाण्डौं । संघ , प्रदेश र स्थानीय तहमा ५२ जनप्रतिनिधि चयनका लागि शनिबार मतदान हुँदै छ । उपनिर्वाचन हुने ३७ जिल्लाका दुई सय ४७ मतदानस्थलमा मतदानका लागि पाँच सय ३७ केन्द्र राखिएका छन् । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ । प्रकाश धौलाकोटीले आजको नयाँ पत्रिकामा समाचार लेखेका छन् ।

आयोगले बिहीबार र शुक्रबार सबै मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गरे पनि नागरिकता , सवारीचालक अनुमतिपत्र , राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ । मतदाता परिचयपत्र लिन छुटेका र साथमा नरहेकाहरू मताधिकारबाट वञ्चित नहुन् भनेर अन्य परिचयलाई पनि आधिकारिकता दिइएको आयोगले जनाएको छ । आयोगले मतदाता नामावली वा परिचयपत्रमा सामान्य त्रुटि भएमा त्यसलाई सानोतिनो भुलचुक मानेर मतदानमा सहभागी गराउनसमेत सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।

०७४ मा भएका स्थानीय तह , प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा विजयी ५२ जनप्रतिनिधिको मृत्यु , राजीनामा , कारबाही वा अन्य कारणले पद रिक्त भएकाले पदपूर्तिका लागि पुनः मतदान हुन लागेको हो । उपनिर्वाचन हुने क्षेत्रमा चार लाख ५४ हजार एक सय १४ मतदाता छन् । मतदान सम्पन्न गराउन पाँच हजार पाँच सय कर्मचारी खटाइएका छन् । प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ ।

उपनिर्वाचन हुने क्षेत्रमा एम्बुलेन्स , शववाहन , दमकल र निर्वाचन आयोगका अधिकारीबाट स्वीकृत सवारी पास प्राप्त सवारीसाधनबाहेक अन्यलाई सञ्चालनमा रोक लगाइएको छ । प्रतिनिधिसभाअन्तर्गत एक मात्र क्षेत्र कास्की – २ मा ११ राजनीतिक दलले उम्मेदवारी दिएका छन् । प्रदेश सभाअन्तर्गत भक्तपुर १ ( क ) , बाग्लुङ २ ( ख ) र दाङको ३ ( ख ) मा मतदान हुँदै छ ।

स्थानीय तहतर्फ सुनसरीको धरान उपमहानगरपालिकामा हुन लागेको उपनिर्वाचनलाई महत्त्वका साथ हेरिएको छ । संखुवासभाको मकालु गाउँपालिका , पाँचथरको फाल्गुनन्द गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिकाको प्रमुखका मतदान हुँदै छ भने हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि पनि मतदान हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *