शेर्पा किदुक पोर्तुगलद्वारा दिवंगत दुई युवतीप्रति श्रद्धाञ्जली

Spread the love

नमस्ते नेपाली, लिस्बन । किदुकसम्वद्ध शेर्पाहरुले भावुक हुँदै मृतकहरुको तस्वीरमा पुष्पगुच्छा र खादा अर्पण गरेका थिए । पोर्तुगलबाट छुट्टी मनाउन र उपचार गर्न नेपाल रहेका बेला निधन भएका दुई युवतीहरुप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको हो ।

अल्पायुमै निधन भएका दुई चेलीहरुप्रति किदुककी महासचिव लाक्पाछोटी शेर्पा, निवर्तमान अध्यक्ष ओङ्गेल लामा शेर्पा र सल्लाहकार धनराज शेर्पाले श्रद्धाञ्जली मन्तव्य राखेका थिए । किदुककी अध्यक्ष निमल्हमु शेर्पाले श्रद्धाञ्जली कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएकी छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

कार्यक्रममा उपस्थित सबैले मृतआत्माप्रति हार्दिक श्रद्धाञ्जली एवम् चीर शान्तिको कामना र आफन्त तथा परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका थिए । शेर्पा किदुक पोर्तुगलले कोरोना महामारीका बेला व्यक्तिगत दूरी कायम गर्दै जर्मनी दूतावास अगाडिको पार्कमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।

विगत सात वर्षदेखि आएकी श्रीमान र छोरीसँग पोर्तुगल बस्दै आएकी पेमी शेर्पाको १६ मे का दिन निधन भएको थियो । दोलखाकी ३१ वर्षीया शेर्पा लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन् । उपचारको क्रममा दिल्ली अस्पतालका चिकित्सकले उपचार सम्भव नभएको बताएका थिए । चिकित्सकले उपचार असम्भव भएको बताएपछि नेपाल लैजाने क्रममा बाटैमा मृत्‍यु भएको थियो ।

यसैगरी भोजपुर जिल्ला षडानन्द नगरपालिका-९ हाल आरुवारी, तिनचुली निवासी दिकु शेर्पाको १३ मे का दिन निधन भएको थियो । विगत दुई वर्षदेखि पोर्तुगलमा रहेकी ३७ वर्षीय शेर्पा नेपाल छुटीमा गएको बेला नेपालमै असामयिक निधन भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *