नयाँ दुई सय ८८ जना कोरोना संक्रमित थपिए, देशभर २०९९ जनामा कोरोना संक्रमण

Spread the love

काठमाण्डौं । पछिल्लो समय दुई सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै देशभर २ हजार ९९ जनामा कोरोना संक्रमण फैलिन पुगेको छ ।

नयाँ थपिएकामा २ सय ७० जना पुरुष र १८ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

देशभरका १९ सय ४९ जना पुरुष र १ सय ५० जना महिला कोरोना भाइरसबाट संक्रमित हुन पुगेका छन् ।

नयाँ थपिएकामा रौटहटका ३८ जना, स्याङजा ५ जना, बर्दिया ३ जना, बाँकेका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यान १८ जना, अछामका १० जना रहेका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

त्यसैगरी बाराका १ जना, दाङ्गका १७ जना, प्युठान १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरी २ जना, रौतहटकै ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङ्गका १ जना, कपिलवस्तुका १६ जना, काठमाडौंका ४ जना स्वास्थ्यकर्मी रहेका, नवलपरासी १ का, नवलपरासी पश्चिमका १ , नवाकोट २ जना र रुपन्देहीका १० जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरका ७७ जिल्ला मध्ये ६१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो समयमा ४५ जना निको भएर डिस्चार्ज भएका छन् । यो संगै कोरोनामाथि विजयी भई २ सय ६६ जना डिस्चार्ज भएका छन् ।

जसमा पुरुष २ सय १२ जना र महिला ५४ जना रहेका छन् ।

हाल प्रदेश १ मा १ सय २० जना, प्रदेश २ मा ७ सय ११ जना, बाग्मती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३४ जना संक्रमित उपचारमा छन् । त्यसैगरी प्रदेश ५ मा ६ सय २२, कर्णाली प्रदेशमा २ सय ५१ जना र सुदरपश्चिम प्रदेशमा ६५ जना गरी कुल कुल १ हजार ८ सय २५ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म पिसिआर बिधीबाट ७५ हजार ३ सय ४३ को कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी आरडिटी बिधीबाट १ लाख १६ हजार ३ सय ४५ जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

हाल देशभर १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यी मध्ये धेरै जसो भारताट स्वदेश फर्किकाहरु रहेको मन्त्रालयको भनाई छ । – नयाँ पत्रिका

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *