अमेरिकामा आन्दोलन दबाउन सेना परिचालन

Spread the love

वासिंटन : अमेरिकामा जर्ज फ्लोइडको हत्यालाई लिएर जारी प्रदर्शन दबाउन राष्ट्रपति डोनल्ड ट्रम्पले सेना परिचालन गरेका छन् ।

पछिल्लो समय सैनिक फौजलाई बोकेका केही ट्रक ह्वाइट हाउसको अघिल्तिर सुरक्षा निगरानी गरिरहेका छन् । पेन्टागनका अधिकारीहरुले भने राष्ट्रपति ट्रम्पले घोषणा गर्नुअघि नै सेनालाई खटाउने बारे छलफल भएको बताएका थिए ।

पछिल्ला दिनमा प्रदर्शन चर्किँदै गर्दा टियर ग्यास प्रहार गर्नुका साथै प्रहरीले बाक्लो उपस्थिति जनाएको थियो । यस्तैमा प्रदर्शन थप हिंसात्मक बनेर प्रहरीका गाडीमाथि आक्रमण र आगजनी गर्न थालेपछि सेनालाई खटाइएको हो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

यसैबीच पेन्टागनका अधिकारीहरु पछिल्लो अवस्थालाई लिएर उच्च शतर्कता अपनाएका छन् । जर्ज फ्लोइडको हत्यालाई लिएर अमेरिकाका अधिकांश ठूला सहरमा प्रदर्शन हुँदैआएको छ ।यस घटनाले देशव्यापी आन्दोलनको रुप लिइरहँदा पूर्वराष्ट्रपति बाराक ओबामाले पनि वर्तमान सरकारको आलोचना गरेका छन् ।

उनले जारी प्रदर्शनप्रति ऐकवद्धता प्रकट गर्दै सरकारको टिप्पणी गरेका हुन् । ओबामाले भनेका छन्, ‘हामी यदी वास्तविक परिवर्तन ल्याउन चाहन्छौँ भने त्यहाँ प्रदर्शन र राजनीतिको बीच छनोट हुँदैन, हामीले दुबै छान्नुपर्छ । दुबैलाई हामीले परिचालन गर्नुपर्छ । जनचेतना फैलाउने र पुर्नसंरचना गर्नसक्ने उम्मेदवारलाई मतदानबाट उम्मेदवार चयन गर्ने ।’

ट्रम्प प्रशासनले भने प्रदर्शनलाई दबाउन दुई दर्जन भन्दा धेरै सहरमा कर्फ्यू लगाउनुका साथै हजारौँ प्रहरी तैनाथ गरेको छ । – एजेन्सी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *