एनआरएनएले सार्वजनिक गरेको निधन भएका नेपालीहरु संख्याप्रति दूतावासको खन्डन

Spread the love

बहराइन : गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषदको स्वास्थ्य समितिले सार्वजनिक गरेको कोरोनाका कारण निधन भएका नेपालीहरुको समाचारप्रति मनामास्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गरेरै खन्डन गरेको छ ।

कोरोना संक्रमणवाट उत्पन्न यस असहज अवस्थामा भ्रामक समाचारहरू संप्रेषण हुँदा मानसिक पीडा पर्न सक्ने उल्लेख गर्दै दूतावासले कुनै पनि संघसंस्थाबाट यस प्रकारका अपुष्ट तथा जनसमुदायमा भ्रम प्रसार हुने अशोभनीय सूचना सम्प्रेषण नगर्न सचेत गराएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

‘तीनजनाको कोरोना संक्रमणका कारण निधन भएको समाचार केही सञ्चार माध्यमवाट संप्रेषण भएकोमा कोरोना संक्रमणकै कारण कुनै नेपालीको यहाँ निधन नभएको यस राजदूतावास स्पष्ट पार्दछ’ विज्ञप्तिमा भनिएको छ ।

एनआरएनए स्वास्थ्य समितिका अनुसार विश्वभर १२१ नेपालीले ज्यान गुमाएका छन् । समितिले सार्वजनिक गरेको सूचीमा बेलायतमा ६६, संयुक्त अरब इमिरेट्समा १९, अमेरिकामा १७, साउदी अरबमा आठ, बहराइनमा तीन, कुवेतमा दुई, कतार, टर्की, आयरल्यान्ड, जापान, स्वीटजरल्यान्ड र नेदरल्यान्डसमा एक एक नेपालीको निधन भएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

बहराइन अधिराज्यमा कार्यरत तथा कोरोना संक्रमण भई उपचाररत रहनुभएका एक जना नेपाली नागरिकको अन्य कारणबाट निधन भएकोमा Non Resident Nepali Organization को हवाला दिदै बहराइनमा नीज लगायत तीनजनाको कोरोना संक्रमणका कारण निधन भएको समाचार केही सञ्चार माध्यमवाट संप्रेषण भएकोमा कोरोना संक्रमणकै कारण कुनै नेपालीको यहाँ निधन नभएको यस राजदूतावास स्पष्ट पार्दछ । कोरोना संक्रमणवाट कोही नेपालीको बहराइनमा निधन नभएको विषयमा यस अघि समेत विज्ञप्तिबाट स्पष्ट गरिसकेकोमा राजदूतावास यस विषयमा प्रसारित पछिल्ला समाचारहरूको खण्डन गर्दछ । साथै, कोरोना संक्रमणवाट उत्पन्न यस असहज अवस्थामा भ्रामक समाचारहरू संप्रेषण हुँदा सबैमा पर्न सक्ने मानसिक पीडा बोध गर्नुका साथै गरिमामय कुनै पनि संघ / संस्थाबाट यस प्रकारका अपुष्ट तथा जनसमूदायमा भ्रम प्रसार हुने सूचना अशोभनिय हुने भएकाले त्यसो नगरिदिनुहुन समेत राजदूतावास सादर अनुरोध गर्दछ । बहराइनी निकायबाट जारी सूचनालाइ नै चुनौती दिने गरि नेपाली कामदारहरूको हकहित प्रवर्द्धन हेतु सञ्चालित संघ / संस्थाबाट गलत सूचना भविष्यमा प्रवाह नहोस् भन्नेतर्फ समेत यस राजदूतावास सबैमा हार्दिक अपिल गर्दछ ।

नेपाली राजदूतावास, मनामा, बहराइन

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *