कोरोना संक्रमितकाे संख्या १५ सय ६७ पुग्याे, संक्रमित आठकाे मृत्यु

Spread the love

काठमाण्डौं । देशभरिमा आइतबार थप एक सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । याे समेत नेपालमा संक्रमितकाे संख्या १५ सय ६७ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये १४ सय ५० पुरुष र एक सय १७ जना महिला रहेकाे बताए ।

उनले शनिबार दैलेखमा निधन भएका ३५ वर्षीय पुरुष र आइतबार बाजुरामा निधन भएकी २ वर्षीया बालिकाकाे स्वाब परीक्षणमा काेराेना पोजेटिभ देखिएका जानकारी दिए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

योसँगै कोरोना संक्रमणबाट देशभर निधन हुनेको संख्या आठ पुगेको छ ।

त्यसैगरी पछिल्लो समय एकजना डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या दुई सय २० पुगेको छ । जसमा पुरुष एक सय ७२ पुरुष र ४८ महिला रहेका छन् ।

काेराेना संक्रमितकाे संख्या सबैभन्दा बढी प्रदेश २ मा देखिएकाे छ । प्रदेश २ मा ६ सय २४ जना संक्रमित पुगेका छन् । त्यसैगरी प्रदेश १ मा एक सय २४, बागमतीमा ४५, गण्डकीमा २३, प्रदेश ५ मा पाँच सय ६०, कर्णालीमा एक सय २३ र सुदूरपश्चिम प्रदेशमा २७ जना संक्रमित देखिएकाे मन्त्रालयले जनाएकाे छ । – नयाँ पत्रिका

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *