यसपाली त भित्र भित्रै कालापानी बेचियो

Spread the love

रहर बेचियो , प्रहर बेचियो

देश चल्छ भन्दै नहर बेचियो ।

बेचियो जिवनशैली ,घर , घर बेचियो ।

बेच्नलाई के बाकी छाडियो र !

जनलहर बेचियो , शहर बेचियो ।

फुल बेचियो , रुल बेचियो

नेताले पैसा समाए, हुल बेचियो ।

पुल , पुल बेचियो, जमिनका धुल बेचियो ।

बेच्नलाई के बाकी छाडियो र !

कबुल बेचियो , नदि नदिका मुल बेचियो ।

चुन बेचियो , गरेका सबै गुन बेचियो ।

इज्जत निलामी गरि थुन बेचियो ।

उत्तरमा ऊन बेचियो ,सहिदका खुन बेचियो ।

बेच्नलाई के बाकी छाडियो र !

धुन बेचियो , किलोका किलो सुन बेचियो ।

पोहोर बेचियो , यसपाली बेचियो ।

अरुलाई अङ्गालो हाली ,साली बेचियो ।

बाली बेचियो , ताली बेचियो ।

पैसा तिरेपछी तथानाम गाली बेचियो ।

बेच्नलाई के नै बाकी छाडियो र !

पूर्वामा मेची , पश्चिममा महाकाली बेचियो ।

खानी बेचियो , पानी बेचियो ।

होटल होटलमा महारानी बेचियो ।

राहदानी बेचियो ,बेदका कहानी बेचियो ।

बेच्नलाई के नै बाकी छाडियो र

यसपाली त भित्र भित्रै कालापानी बेचियो ।

हो हजुर कालापानी बेचियो ।

– प्रदिप_धिताल

रोङ ५ इलाम

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *