सेना परिचालन गर्ने सरकारको निर्णय

Spread the love

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण लगायतका काममा नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले कोरोनाको संक्रमणको दर बढ्न थालेको, भारतबाट नेपाल भित्रनेहरुको संख्या बढेको, भारतबाट नेपाल भित्र्याउन २० नाका पहिचान गरिएकाले सो प्रयोजनका लागि सरकारले सेना परिचालन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

शनिबार अपरान्ह सुरक्षा परिषदको बैठक समेत बसेको थियो । परिषदको सिफारिस अनुसार सरकारले सेना परिचालन गर्ने निर्णय गरेको हो । नेपाल भारत सीमा क्षेत्र कालापानी तथा लिम्पियाधुरा लगायतका स्थानमा विवाद बढिरहेका बेला सरकारले गरेको सेना परिचालनको निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

अहिलेको सेना परिचालनको विषय कोरोनाको नियन्त्रण तथा रोकथाममा केन्द्रित रहेको बताईएको छ । राष्ट्रिय सुरक्षाका विषय तथा विपद्का बेला मात्रै नेपाली सेना परिचालन हुने गरेको थियो । कोरोनाको संक्रमणको यो अवस्थालाई समेत सरकारले राष्ट्रिय विपदको रुपमा परिभाषित गरि सेना परिचालन गर्न लागेको हो । – समाचार दैनिक

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *