एनआरएनए मध्यपूर्वको बैठकमा अलपत्र परेका नेपाली र शवबारे छलफल : स्वास्थ्य काउन्सिलिङका लागि सुझाव

Spread the love

युएई । गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वले यस क्षेत्रका नेपालीहरुको स्वास्थ्य अवस्थाको बारेमा छलफल गरेको छ । भर्चुअल बैठकमा गरिएको छलफलमा कतारका लागि नेपाली राजदूत नारद भारद्वज, ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली र सांसद गंगालाल तुलाधर पनि सहभागी भएका थिए ।

कार्यक्रममा एनआरएनए अध्यक्ष कुमार पन्तले नेपाल सरकारसँग नेपाली फर्काउने विषयमा धेरै पटक छलफल भएको र छिट्टै अलपत्र नेपालीहरुलाई नेपाल फर्काउने कार्य शुरु हुने जानकारी दिए । उनले मध्यपूर्बको एनआरएन टीमले खेलेको भूमिकाको प्रशंसा गरे ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

प्रवक्ता डिबी क्षेत्रीले नेपालीहरुलाई मनोवैज्ञानिक रुपमा काउन्सिलिङ गर्नु पर्नेमा जोड दिएका छन् । उनले समितिले हप्ताको दुई तीन पटक फ़ेसबुक लाईभमार्फत नेपालीहरुको मनोबल उच्च बनाउन परामर्श दिन सुझाव दिए ।

छलफलमा संघका सचिब राजेन्द्रकुमार शर्माले उपस्थित सबैलाई स्वागत गर्दै मध्यपूर्बका नेपालीहरुको जोखिमलाई सरकारले छिट्टै सम्बोधन गर्नु पर्ने बताएका थिए । मध्यपूर्ब संयोजक प्रबीण गुरुङले खाडीमा कार्यरत नेपालीहरुको अवस्थाबारे जानकारी गराउएका थिए । यसैगरी सहसंयोजक मनोज गोर्खालीले मध्यपूर्बमा धेरै नेपालीहरुको शब अलपत्र परेको जानकारी गराएका थिए । उनले स्वास्थ्य समितिलाई कोरोना पस्चात पनि निरन्तर रुपमा आफ्नो भूमिका निर्बाह गर्न अनुरोध गरेका छन् । साउदी अरबमा रहेकी आईसिसी सदस्य जस्मिन बेगम शैयदले नेपाली महिलाहरुको अवस्थाको बारेमा जानकारी गराएकी थिइन् ।

स्वास्थ्य समितिका संयोजक डाक्टर सन्जीब सापकोटा, यूएई एनसीसीका प्रकाश कोईराला, कतार अध्यक्ष मोहम्मद मुक्तदा, साउदी अध्यक्ष तेजबहादुर थापा, ओमान अध्यक्ष सेवन पुर्जा, बहराइन अध्यक्ष लक्ष्मी गिरी, कुवेत अध्यक्ष सुजन केसी र सहसंयोजक राजेन्द्र (जोन) अर्यालले मध्यपूर्बका नेपालीहरुको स्वास्थ्य अवस्थाकोबारे जानकारी गराएका थिए ।

त्यसैगरी कार्यक्रममा मध्यपूर्बमा कार्यरत श्वास्थ्यकर्मीहरुले नेपालीहरुको अवस्थाको बारेमा अनुभबहरु आदानप्रदान गरेका थिए । मध्यपूर्ब स्वास्थ्य समितिका डा नितेश आर्यालले अनलाइन काउन्सिलिङ गर्न बिभिन्न योजनाहरु प्रस्तुत गरेका थिए । यूएईमा कार्यरत डाक्टर रबिन्द्र यादब, नर्स गंगा खनाल, डाक्टर रोशन पोखरेल, डाक्टर पुरुष श्रेष्ठ, डाक्टर राजेश पौडेल, डाक्टर अनिरुद्द पाठकले पनि आ-आफ्नो धारणा राखेका थिए ।

समितिले बिभिन्न देशमा रहेका दूताबासमा हेल्थ काउन्सिलिङ हट लाइनको ब्यवस्था गरी निशुल्क परामर्श दिनुपर्नेमा जोड दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *