संक्रमितको संख्या १२ सय १२ : कोरोना जित्‍नेको संख्या २०६ पुग्यो

Spread the love

काठमाडौं : शुक्रबार एकै दिन १७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या१२ सय १२ पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म १०६ जना निको भएका छन् भने कोरोनाका कारण पाँच जनाको मृत्यु भइसकेको छ।

शुक्रबार १९ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार काठमाडौंको टेकु अस्पतालबाट २, पाटन अस्पतालबाट ७, बलम्बुको अस्पतालबाट दुई र दाङको कोरोना विशेष अस्पतालबाट आठजना शुक्रबार डिस्चार्ज भएका हुन्। योसँगै कोरोना जित्नेको संख्या २०६ पुगेको छ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

मन्त्रालयका अनुसार अहिले ९९ हजार एक सय ३६ जना क्वारेन्टाइनमा छन्। संक्रमणको आशंकामा आइसोलेसनमा राखिएकाको संख्या एक हजार पुगेको छ।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६४ हजार एक सय ५४ र आरडीटी विधिबाट एक लाख पाँच हजार चार सय ७८ जनाको नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार दुई सय ३८ र आरडीटी विधिबाट तीन हजार आठ सय ४४ नमुना परीक्षण गरिएको छ।

थप १९ जना डिस्चार्ज : कोरोना जित्‍नेको संख्या २०६ पुग्यो

काठमाडौं : शुक्रबार थप १९ जना डिस्चार्ज भएका छन्।योसहित कोरोना जित्‍नेको संख्या २०६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डिस्चार्ज हुनेमा टेकु अस्पतालबाट २ जना, पाटन अस्पतबाट ७ जना, बलम्बु अस्पतालबाट २ जना र कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट ८ जना रहेका छन्।

डिस्चार्ज हुनेमा पुरुष १६२ जना ४४ महिला रहेका छन्।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार हालसम्म प्रदेश १ मा ३० जना निको भइ घर फर्किएका जना छन्। त्यस्तै प्रदेश २ मा १०२ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ४७ जना र सुदूरपश्चिममा ५ जना गरी कुल २०६ जना निको भएर घर फर्किएका छन् ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट 64 हजार 1 सय 54 र आरडीटी विधिबाट एक लाख 5 हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार २३८ र आरडीटी विधिबाट ३हजार ४४४ नमुना परीक्षण गरिएको छ। प्रवक्ता देवकोटाका अनुसार हालसमम क्वरेन्टाइनमा ९९ हजार ३ सय ३६ जना छन् । क्वारेन्टाइन बस्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ।१ हजार जना आइसोलेसनमा उपचार भइराखेको छ।

हालसम्म कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ भने मृत्यु हुनेको संख्या ५ छ। – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *