नेपालमा भएको जातिय विभेदविरुद्ध युरोपमा द्विप प्रज्वलन, दोषीहरुलाई कानुनी कठघरामा ल्याउनुपर्नेमा जोड

Spread the love

नमस्ते नेपाली, साईप्रस । नेपालमा भैरहेको जातिय विभेद विरुद्धमा आज साईप्रसमा विरोधस्वरुप द्विप प्रज्ज्वलन गर्नुका साथै मृतकप्रति श्रद्धान्जली अर्पण गरिएको छ । केही दिन पहिले पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जातिय विभेदलाई लिएर ज्यानै जानेगरी भएको घटनापछि प्रवासमा रहेका सबै नेपालीहरु दुख व्यक्त गर्दै दोषीहरु माथि कडा कारवाही गर्न माग गरिएको छ ।

साईप्रसमा रहेका पत्रकार दिनेश गौतम एवं समाजसेवी मिन बगदासको नेतृत्वमा यहाँ रहेका धेरै नेपालीहरुले सहानुभूति प्रकट गर्दै यस्तो अपराधिक घटना दोहोरिन नदिनका लागि नेपाल सरकार गम्भिर बन्नु पर्ने माग गरेका छन ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

सभामा अगुवा मिन बगदासले देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापित भई जातिय विभेद र छुवाछुत अन्त्य गर्ने घोषणा भईसकेको अवस्थामा यस्ता घटना मानव अधिकार विरुद्धको जघन्य अपराध भएको भन्दै मानव सभ्यतालाई नै कलंकित बनाउने र कानुनी शासनको धज्जी उडाउनुका साथै नेपाली समाज कुन दिशा तर्फ जादै छ भन्ने प्रश्न समेत गरेका थिए । बगदासले २१ औ शताब्दीमा पनि जातकै आधारमा यस्तो कुरीति गर्नु भनेको सारा संसारमा रहेका नेपालीहरुको बेईज्जत भएको भन्दै आक्रोस पोखेका थिए ।

रुकुम र रुपन्देहीमा भएको घटनाले कानुनी राज्यको उपहास भएको र मानवले मानवताको धर्मलाई विर्सेको भन्दै हत्यामा संलग्न सबै जनालाई कडा कारवाही गरिनुपर्ने गैरआवासीय नेपाली सघं साईप्रसका महासचिव कृप थापाले माग गरे । थापाले आफुहरु प्रवासमा भएपनि नेपालमा यस्तो जातकै आधारमा हत्या वा कुटपिट , छुवाछुतको घटनाले आफु लगाएत सारा साईप्रसबासी अत्यन्तै दुखि भएको भन्दै घटनाको सत्य तथ्य छानविन गर्न नेपाल सरकार लगाएत अधिकारकर्मीहरुलाई आग्रह समेत गरे ।

साईप्रसको निकोसिया सहरमा भएको सभामा जातिय विभेद कहिले सम्म ? जातिय छुवाछुत दण्डनीय अपराध हो , बलत्कारीलाई कडा कारवाही होस , पीडितलाई न्याय देऊ जस्ता प्लेकार्ड सहित प्रवासी नेपालीहरुले सहभागिता जनाएका थिए । यस्तै आफुहरुको रातै रगत भएकोले जात पातमा किन विभेद गर्ने ? मधेशी पहाडी किन भन्ने ? हामी सबै नेपाली भएकोले एक भएर यस्ता कुरीतिका विरुद्धमा लाग्नुपर्ने विद्यार्थी आनन्द मण्डलले बताए । यस्तो संसार कोरोना भाईरसबाट संघर्ष गरिरहेको अवस्थामा नेपालमा जातकै आधारमा माया प्रेम गर्न नदिनु भनेको मानव अधिकारको घोर उलंघन भएको मण्डलले बताए ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ साईप्रसका प्रम्ख संरक्षक एवमं सल्लाहार सुबास मल्ल , विद्यार्थीहरु आकाश चौधरी , नरेश शाह , एनआरएनए साईप्रसका युवा संयोजक कुन्दन कार्की लगाएतले सहभागिता जनाएर श्रन्द्धन्जली अपर्ण गर्नुभएको थियो ।

पत्रकार गौतमकै आग्रहमा साईप्रसको लिमासोल , आयानापा , पाफोस लगाएतका सहरहरुमा रहेका विभिन्न घरेलु कामदार लगाएत नेपालीहरुले लकडाउनका विच घरमै बसेर मैन बत्ति बाली यस्तो घटनाको संकेतिक रुपमा विरोध जनाएका छन ।

यस्तै ग्रिस , रोमानिया , बुल्गारियाको सोफिया र ईटाली तथा ईजरायलमा रहेको रुपन्देही समाजका प्रतिनिधिहरुले समेत घटनाको विरोध गर्दै द्विप प्रज्वलन गरेका छन । विहिवार गरिएको श्रन्द्धान्जली सभा एवमं विरोध कार्यक्रमलाई सहयोग साथ, एवमं विभेदका विरुद्धमा बोल्ने अभियन्ताहरुलाई गौतमले विशेष धन्यबाद दिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *