कोरियामा एक नेपालीको दुःखद निधन

Spread the love

कोरिया । झण्डै ५ वर्ष अघि कोरिया आएका मैती तामाङको गत सोमबार मृत्यु भएको छ । धादिङ झार्लाङ निवासी तामाङ ५ बर्ष अगाडि भिजिट भिसामा कोरिया आएका थिए । अन्दाजी ४५ बर्षीय तामाङ गत अप्रिल २४ तारिख छनान थाङजिन स्थित कन्ट्रक्सनमा दैनिक (आराबाइट) काम गर्ने क्रममा एक तला माथिबाट लडेर टाउकोमा गहिरो चोट लागेको थियो ।

अत्यधिक रक्तस्राव भएपछि तामाङलाई तत्काल कार्यस्थलबाट उपचारको लागि थाङ्जिनको स्थानीय अस्पतालमा लगिएता पनि त्यहाँ उपचार असम्भब भएकोले तत्कालै छनानको थानगुक शिक्षण अस्पतालमा आइसियुमा राखी उपचारकै क्रममा एक महिनापछि गत सोमबार बेलुका निधन भएको हो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

तामाङ अबैधानिक भएको कारण कुनै स्वस्थ्य बिमा नभएको र निजको उपचार खर्च लगभग ९ करोड वन नेपाली ९० लाख रुपैया जतिको बिल आएको छ । त्यस्तै निजलाई यथासक्दो यो हप्तासम्म बिल तिरी पार्थीव शरीरको सदगद गर्न सम्बन्धित अस्पतालले आग्रह गरेको एनआरएन सचिव मनोज गौतमले जानकारी गराउएका छन् ।

रकम तिर्न नसक्ने भएकाले तामाङको बहिनी कबिताले कोरियाको विभिन्न संघ सस्था व्यापारी श्रमिक दाजुभाइलाई सहयोग गरिदिन अनुरोध गरेकी छन् । – हेल्लो नेपाल कोरिया

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *