नेपालमा संक्रमितकाे संख्या एक हजार ४२, संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या पाँच

Spread the love

काठमाण्डौं । कोरोना भाइरस संक्रमणबाट बुधबार राति ललितपुर जिल्लाका एक पुरुषको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित पत्रकार सम्मेलनमा पछिल्लाे मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अस्पतालमा उपचाररत बिरामीको १२ जेठमा स्वाब संकलन गरिएको र १४ गते मृत्यु भएको जानकारी दिए ।

त्यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या बिहीबार एक हजार ४२ पुगेको छ । बिहीबार एकैदिन एक सय ५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप भएका संक्रमितमा सप्तरीका १४, झापाका २५, नवलपुरका एक, धनुषाका २९, महोत्तरीका १७, रौतहटका २०, सर्लाहीका सात, सिराहाका ६, दोलखाका दुई, सोलुखुम्बुका दुई, बझाङका एक, स्याङ्जाका तीन, दार्चुलाका एक, कैलालीका दुई, मकवानपुरका एक, बर्दियाका तीन र बाँकेका एक, सुर्खेतका १३ र दैलेखका आठजना रहेको देवकोटाले जानकारी दिए । याेसँगै संक्रमित हुने जिल्लाकाे संख्या ५१ पुगेकाे छ ।

देवकोटाका अनुसार हालसम्म प्रदेश १ मा एक सय २९, प्रदेश २ मा चार सय १५, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा १७, प्रदेश ५ मा तीन सय ६९, कर्णाली प्रदेशमा ४७ र सुदूरपश्चिम प्रदेशमा २१ जना संक्रमित भएको बताए ।

त्यसैगरी एक सय ८७ जना भने निकाे भएर घर फर्केकाे मन्त्रालयले जनाएकाे छ । – नयाँ पत्रिका

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *