एकै दिन ११४ जनामा देखियो कोरोना संक्रमण, ८८६ पुगे संक्रमित

Spread the love

काठमाडौं । बुधबार विभिन्न स्थानमा गरिको स्वास्थ्यपरिक्षणमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार सो संख्यामा संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३, कोशी अस्पतालमा झापाका १७, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । योसँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ । – राजधानी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *