बागलुङमा भारतबाट आएका ६ जनामा कोरोना संक्रमण पुष्टि

Spread the love

बागलुङ : बागलुङमा ६ जनामा कोरोना संक्रमण देखिएको छ। पोखराको स्वास्थ्य विज्ञान प्रयोगशालामा गरिएको स्वाब संकलन गरी गरिएको पीसीआर परीक्षणमा जिल्लाको तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ जना र बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यद्यपी, यसबारेको आधिकारिक जानकारीका लागि दिउँसोको पत्रकार सम्मेलन पर्खन निर्देशन आएको जिल्ला स्वास्थ्य र धौलागिरी अस्पतालले बताएको छ।

संक्रमण देखिएका सबै भारतबाट उद्धार गरिएका हुन्। तमानखोलामा ८ जनाको समूहमा आएकाको स्वाब संकलन गरिएकोमा चार जनामा संक्रमण देखिएको जानकारी आएको र उनीहरुलाई धौलागिरी अस्पताल पठाउने तयारी भइरहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए। बडिगाड गाउँपालिकामा पनि भारतबाट आएर क्वारेन्टाइनमा बसेका ८ जनाको स्वाब संकलन गरेकोमा दुई जनामा कोरोना संक्रमण देखिएको जानकारी आएकाले उनीहरुलाई अस्पताल पठाउने तयारीमा लागेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

चैत्र दोस्रो साता बागलुङमा बागलुङ नगरपालिका ४ कि १९ वर्षीय अशुं सापकोटा र ३ कि ६५ वर्षीया मनकुमारी शर्मालाई कोरोना संक्रमण भएको थियो। उनीहरु दुवै जना निको भएर घर फर्किसकेका छन्। दिल शिरीषले अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *