भारतमा अध्ययनरत नेपाली विद्यार्थीको रहस्यमय मृत्यु

Spread the love

मङ्सीर १३, काठमाण्डौं । भारतको पन्जाबमा अध्यनरत एक नेपाली विद्यार्थीको उपचारमा भएको ढिलाइका कारण मृत्यु भएको खबर राजधानी दैनिकमा छापिएको छ । चार महिनाअघि उच्च शिक्षा हासिल गर्न भारतको पन्जाब राज्यस्थित रिम्ट युनिभर्सिटी पुगेका सप्तरी महदेवा गाउँपालिका २ महदेवा टोल निवासी १९ वर्षीय हेमन्त मण्डलको युनिभर्सिटी प्रशासनको लापरबाहीले ज्यान गएको परिवारजनले बताएका छन् ।

उनको मृत्यु बुधबार भएपनि आफूहरुलाई बिहीबार दिउँसोमात्र खबर गरिएको हेमन्तका बुबा बलरामले बताए । छोराको मृत्यु खबर सुनेलगत्तै उनी केही त्या नेपाली आफन्त लिएर बिहीबारै त्यसतर्फ हिँडेका छन् । घटनाको खबर आएपछि उनको घरमा आफन्त र गाउँलेको भिड लागेको छ भने परिवारमा रुवावासी चलेको छ ।

सानैदेखि जेहेनदार रहेका उनी इन्जिनियर बन्ने सोच बनाएर कात्तिक १६ गते भारतको पन्जाबस्थित उक्त कलेजमा भर्ना भएका थिए । बुधबार दिउँसोतिर अचानक पेट दुखेका उनलाई सामान्य रूपमा लिदै यु निभर्सिटी होस्टलका वार्डेन मोहन सिहले उपचारका लागि बाहिर लैजान ढिलाइ गरेको हेमन्तका साथीहरूलाई उद्धृत गर्दै बुवा बलरामले बताए ।

त्यहाँ रहेका छोरा हेमन्तका साथीहरूले फोन गरेर यस्तो जानकारी गराएको बताउँदै उनले भने सोही कारणले युनिभर्सिटीमा आक्रोसित विद्यार्थीहरूले तोडफोडसमेत गरेको खबर प्राप्त भएको छ ।

गहभरि आँसु पार्दै बलरामले भने , ‘ छोरा भारतको इन्जिनियर बनेर आउँछु भनेर हिँडेका थिए , तर यस्तो विपत्तिपूर्ण खबर प्राप्त भयो ।’ उनले छोराको रहस्यमय मृत्‍युबारे छानबिन गर्न नेपाल सरकारबाट भारतीय सरकारसमक्ष आवश्यक पहलका लागि पनि सबैसँग आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *