न्युयोर्क टाइम्सले प्रथम पृष्ठमा प्रकाशित गर्‍यो कोरोनाबाट ज्यान गुमाएका एक हजारको नाम

Spread the love

काठमाडौँ । अमेरिकाको न्युयोर्क टाइम्सले कोरोनाको महामारीलाई गम्भीरताका सम्झाउन आफ्नो प्रथम पृष्ठमा कोरोनाबाट मृत्यु भएका एक हजार जनाको नाम प्रकाशित गरेको छ ।

अमेरिकाको प्रमुख पत्रिका मानिने न्युयोर्क टाइम्सले आफ्नो पहिलो पृष्ठमा अरु बेलाको भन्दा फरक किसिमले कुनै ग्राफिक्स, अन्य कुनै समाचार या विज्ञापन बिना नै एक हजार जनाको नाम प्रकाशित गरेको छ ।

न्युयोर्क टाइम्सको यो कदम अहिले विश्वभर चर्चामा रहेको छ । अमेरिकामा करिब एक लाख मृत्यु, बेहिसाब क्षेति । न्युयोर्क टाइम्सले पहिलो पृष्ठमा एक हजार जनाको नामसहित लेखेको छ – ‘यो सुचीमा केवल ति नामहरु मात्र थिएनन्, तिनीहरु हामी थियौं ।’

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

न्युयोर्क टाइम्सले भित्रि पृष्ठमा एक लेख प्रकासित समेत गरेको छ ।

पत्रिकाका सम्पादकले अहिलेको महामारीको स्थितिलाई दर्शाउने निर्णय गर्दै शुरुमा कुनै ग्राफिक्स, यस मृत्यु भएकाको संख्यालाई कुनै रुपमा दर्शाउन खोजेका थिए । ताकी यति ठुलो संख्यामा मानिसहरुको ज्यान गएको र सबै बर्ग, किसिमका मानिसको मृत्यु भएको बताउन सकियोस् ।

न्युयोर्क टाइम्सका सबै बिट हेर्ने पत्रकारहरु महामारी कै कभरेज गरिएका थिए र छन् ।

सहायक सम्पादक सिमोन लेण्डनले पहिलो पृष्ठको यो कभरेज बारे बताउदै आफुहरुलाई थाहा थियो की हामीले केहि माइल स्टोन खडा गर्दै छौं । त्यसैले हामीले संख्यालाई राख्न कुनै विशेष तरिका हुनुपर्छ भन्ने विषयको खोजि हुन थाल्यो ।

यस्तैमा एक न्युयोर्क टाइम्सकै अनुसन्धानकर्ताले एलेनले कोरोनाबाट मृत्यु भएका मानिसहरुको शोक समाचार र मृत्यु भएको सूचना जुटाउन थाले । उनले अलग अलग पत्रिकाबाट प्रकासित भएका यस्ता सूचना जम्मा गर्न थाले । सयौं पत्रिकाका प्रकासित ति मानिसहरुको नाम जुटाइयो, जसको मृत्यु कोरोनाबाट भएको थियो ।

यस पछि न्यूजरुममा सम्पादकले हालै पत्रकारिता ग्राज्युएट गरेका तीन विद्यार्थीहरुको सहयोगमा एक हजार नामको सुची तयार गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *