भारतको नौतनवा क्वारेन्टिनमा एक नेपालीको मृत्यु

Spread the love

बुटवल : रुपन्देहीको सीमावर्ती भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक जना नेपालीको मृत्यु भएको छ।

रोजगारीका लागि भारत गएर फर्किएका स्याङ्जाका हरिनास गाउँपालिका-२ चिसापानीका करिब ३४ वर्षीय युवाको शनिबार मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जेठ ५ गते देखि नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टिनमा राखिएका ती युवाको शनिबार मृत्यु भएको जानकारी दिए।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

उक्त क्वारेन्टिनमा भारतका विभिन्न स्थानबाट आएका १ सय ३० भन्दा बढी नेपाली रहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। क्वारेन्टिनमा रहेको बखत स्वास्थ्यमा समस्या आएपछि उनलाई शुक्रबार जिल्ला सदरमुकाम महाराजगञ्ज अस्पतालमा उपचारको लागि लगिएको थियो।

अस्पतालबाट क्वारेन्टिन लगेलगत्तै उनको मृत्यु भएको बताइएको छ। प्रहरी निरीक्षक पोखरेलका अनुसार मृतकको स्वाब परीक्षण गरी कोरोना संक्रमण पुष्टि भए भारतमै अन्त्येष्टि गरिने र अन्य कारणले मृत्यु भएको पाइए पोष्टमार्टमपछि नेपाल ल्याएर आफन्तलाई शव बुझाइने छ। – सेतोपाटी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *