संस्कृत विषय पठनपाठन गराउने सरकारको योजना कानूनको बर्खिलाप र नेपाली विविधताको अपमान

Spread the love

काठमाडौं । कक्षा १ देखि संस्कृत विषय पठनपाठन गराउने सरकारको योजना कानूनको बर्खिलाप र नेपाली विविधताको अपमान भएकोले सबै आदिवासी जनजातिले समयमै विरोध गर्नुपर्ने कुरामा जोड दिइएको छ ।

देश विदेशका सयभन्दा बढी आदिवासी जनजातिका अगुवाहरु सहभागी ‘बहुभाषिक नेपाल र संस्कृत भाषाको राजनीति’ विषयक अन्तर्कृयामा वक्ताहरुले शासकहरुले भाषाको राजनीति गरेको आरोप पनि लगाएका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

राजनीतिक विश्लेषक विश्वभक्त दुलाल आहुतिले संस्कृत विश्वविद्यालय र वेदाश्रमहरुमा करोडौं लगानी गर्दा समेत अध्ययन गरेका विद्यार्थीहरु संस्कृत बोल्ने गरेको नपाएको यथार्थता पेश गरे । लाखौंको संख्यामा बोलिने आदिवासी जनजातिहरुको भाषा संरक्षण सम्वर्द्धनमा भने सरकारले आँखा चिम्लने गरेको आहुतिको आरोप छ ।

शिक्षाकर्मी टीका भट्टराईले संस्कृत भाषालाई कक्षा १ देखि लागू गर्ने काम संविधानको मर्म विपरित रहेको दावी गरे । ‘विद्यार्थीले चाहेमा संस्कृत पठनपाठन गराउने कुरा उल्लेख गरेर नेपालका शिक्षाविदहरुले हाँसोउठ्दो कुरा गरेका छन् । एक कक्षा पढ्ने विद्यार्थीले के बिषय पढ्ने भन्ने कुरा रोज्न सक्छ भन्ने कुरा के तपाईंलाई विश्वास लाग्छ ?’ भट्टराईले प्रश्न गरे ।

अन्तर्कृयामा भाषाविद् अमृत योन्जनले संस्कृत भाषा कक्षा १ देखि पठनपाठन गर्नु भनेको भर्खर जन्मेको बालकलाई जबरजस्त दालभात, तरकारी खुवाएजस्तो हुने बताए । बालबालिकालाई मातृभाषामा अध्ययन गराउनुपर्छ । त्यसपछि सरकारी कामकाजको भाषा, विश्वविद्यालयमा अन्तर्राष्ट्रिय र शास्त्रीय भाषा अध्यापन हुनु उपयुक्त भएको योन्जनको सुझाव रहेको छ ।

नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको अन्तर्कृयामा जुम एप प्रयोग गरेर सञ्चालन गरिएको थियो । कार्यक्रममा जनजाति महासंघका अध्यक्ष जगत बरामले सबैप्रति धन्यवाद ज्ञापन गरे । कार्यक्रम उपाध्यक्ष गोविन्द छन्त्यालले सञ्चालन गरेका थिए । कार्यक्रमलाई प्राविधिक रुपमा पोर्तुगलबाट पत्रकार योगेन्द्रमिलन छन्त्यालले सहयोग गरेका थिए ।

कार्यक्रम नमस्तेनेपाली डट कम, नागरिक खबर डट कम, फ्रीप्रेस नेपाल डट कम, महासंघको फेसबुक पेज र रेडियो हिमालयको फेसबुक पेजबाट लाइभ प्रशारण गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *