युरोपका पत्रकारका लागि श्रव्य दृश्य कार्यक्रम उत्पादन तालिम सम्पन्न

Spread the love

नमस्ते नेपाली, लिस्बन । युरोपका पत्रकारका लागि आज श्रव्य दृश्य कार्यक्रम उत्पादन तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पोर्तुगल शाखाले आयोजना गरेको तालिममा ६ देशका २१ जनाको सहभागिता रहेको थियो ।

तालिममा श्रव्य दृश्य कार्यक्रमलाई रोचक, प्रभावकारी र लक्षित वर्गलाई उपलब्धी प्राप्त गर्ने बनाउन विचार पुर्‍याउनुपर्ने कुरामा जोड दिइएको थियो । प्रविधिको व्यापक विकाससँगै अवसर र चुनौति पनि बढेको सन्दर्भमा विश्वसनीय सामुदायिक र परोपकारी पत्रकारितालाई प्राथमिकता दिनुपर्ने सहजकर्ताहरुको सुझाव रहेको थियो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

तालिमको सहजीकरण एभिन्युज टेलिभिजनका प्रस्तोता राजेन्द्र बानियाँ र न्युज २४ टेलिभिजनका प्रस्तोता प्रमोद न्यौपानेले गरेका थिए । कार्यक्रमको शुरुवातमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव लक्ष्मी पुनले तालिमको सफलताको शुभकामना दिएकी थिइन् ।

कार्यक्रममा पोर्तुगलका कलश खरेल, प्रवीण धिताल, राजकुमार थापा, यमुना छन्त्याल, बासु सत्याल, भगवान गिरी, चन्द्रमणी उपाध्याय र शान्ति अर्याल अधिकारी सहभागी भएका थिए । यसैगरी बेल्जियमका डिल्ली अम्माई, ओम शर्मा, शेरबहादुर छन्त्याल, नीलम सापकोटा घिमिरे, जर्मनीबाट सुमन वाइबा, प्रेम पोमु र दीपक धितालको पनि सहाभागिता रहेको थियो । नेदरल्यान्ड्सका द्रोण रिजाल र साइप्रसका दिनेश गौतमले पनि तालिममा भाग लिएका थिए ।

तालिम जुम एप प्रयोग गरी सञ्चालन गरिएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राखिदिएकोमा केन्द्रीय सचिव पुन, सहजीकरण गरिदिएकोमा सहजकर्ताद्वय बानियाँ र न्यौपानेप्रति आभार प्रकट गर्दै शाखाका संयोजक योगेन्द्रमिलन छन्त्यालले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । तालिमको औपचारिक कार्यक्रमको सञ्चालन शाखाका प्रवक्ता पेम्बागेलु शेर्पाले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *