भारतले नाका खोल्न नमान्दा भारतीय क्वारेन्टाइनमै किरिया गर्दैछन् चार नेपाली नागरिक

Spread the love

बैतडी । भारतले सीमानाका खोल्न नमान्दा बैतडीका ४ जना ८ दिनदेखि भारतीय क्वारेन्टाइनमै किरिया गर्न बाध्य छन् । भारतीय क्वारेन्टाइनमा २ जना आफ्ना बुवा गुमाएका छन् भने १ जना आमा र १ जना श्रीमती गुमाएका व्यक्ति रहेका छन् ।

सुर्नया गाउँपालिका ३ का राजेन्द्र प्रसाद भट्ट र तारा भट्टका बुवा देवदत्त भट्टको गत वैशाख ३१ गते निधन भएको थियो । भारतमा मजदुरी गर्दै आएका उनीहरु दुबैजना नाका बन्द हुँदा भारतको झुलाघाटमै किरिया बस्न बाध्य भएका हुन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

यस्तै पुर्चौडी नगरपालिका ७ का ठगी साँउदका आमा भुरी साँउदको जेठ १ गते मृत्यु भएको थियो भने, सिगास गाउँपालिका ९ का कृष्ण सिंह धामीकी श्रीमती कलावती धामीको वैशाख ३० गते निधन भएको थियो ।

उनीहरु भारतको राजकिय इन्टरकलेज झुलाघाटको क्वारेन्टाइनमा किरिया बसिरहेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए । क्वारेन्टाइनमा खान बस्नको व्यवस्था स्थानीय प्रशासनले गरेको पत्रकार भट्टको भनाई छ । उक्त क्वारेन्टाइमा हाल ८ जना नेपाली बसिरहेका छन् ।

किरियापुत्रीले आफूहरुलाई स्वदेश फिर्ताको लागि सम्बन्धित सबैलाई आग्रह गरेका छन् । उनीहरुको उद्धारका लागि सम्बन्धित स्थानीय तहले जिल्ला प्रशासनलाई अनुरोध गरे भारतीय पक्षले नाका खोल्न नमानेको हो ।

बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले उनीहरुलाई स्वदेशमा लयाउन पहल गरेपछि भारतीय पक्षले नदिएको बताए । यसअघि लकडाउनमा ३ पटक झुलाघाट नाका खोलिएको भएपनि अहिले भारतले नाका खोल्न मानेको छैन् । ‘भारतको पिथौरागढ जिल्लाको डीएम कार्यालयलाई उद्धारको लागि ७ दिन अगाडी नै पत्र काटिसकेका भएपनि माथिबाट आदेश नदिएको भन्दै सीमा खोल्न मानि राखेको छैन् ।’ प्रजिअ नेगीले भने ।

यसअघि गत वैशाख १० गतेपनि बैतडीका ३ किरियापुत्रीलाई झुलाघाट नाकाबाट स्वदेश भित्र्याइएको थियो । साथै गत वैशाख १८ गते र चैत १४ गते गरि दुईपटक १ हजार बढी नेपालीलाई झुलाघाट नाकाबाटै उद्धार गरि ल्याइएको थियो । सीपी लोहियाले राजधानीमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *