थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो

Spread the love

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण देखा परेको छ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४२७ पुगेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २५ जना कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिएको हो । मन्त्रालयक प्रवक्ता डा. विकास देवकोटाका अनुसार थप संक्रमित २ देखि ४८ वर्षसम्मका रहेका छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार बुधबारसम्म ३५ हजार ४ सय ९४ नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । ७५ हजार ७२ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा २ हजार ४ सय ८८ नमुना पीसीआर विधिबाट परीक्षण गरिएको जनाएको । त्यसैगरी ३ हजार ६ सय १० जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । २३ हजार २ जना २ जना क्वारेन्टाइनमा रहेका छन् । – राजधानी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *