एकै दिन थप २७ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४०२ पुग्यो

Spread the love

काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार एकै दिन २७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ४०२ पुगेको हो। नयाँ संक्रमित काठमाडौं भक्तपुरदेखि झापासम्मका छन् ।

नयाँ संक्रमित १७ वर्षदेखि ४२ वर्ष उमेर समूहका छन् । क्रमितमध्ये २४ पुरुष र तीन महिला छन् । झापाको ९, मोरङ र सुनसरीको एक-एक, सर्लाहीको दुई, काठमाडौंको तीन, भक्तपुरको एक, मकवानपुरको एक, रामेछापको एक, ललितपुर एक, सिन्धुली एक, लम्जुङको एक, कपिलवस्तुको चार र नवलपरासीको एक गरी जम्मा २७ जनामा मंगलबार संक्रमण पुष्टि भएको हो । उनीहरुको कन्ट्रयाक ट्रेसिङको काम सुरु भएको देवकोटाले जानकारी दिए । संक्रमित ४०२ मध्ये ३४० पुरुष र ६२ महिला छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ र आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ जनाको परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट दुई हजार दुई सय ८० र आरडीटी विधिबाट पाँच हजार ८९ जनाको नमुना परीक्षण गरिएको छ।

प्रवक्ता देवकोटाका अनुसार २१ हजार ६ सय २३ जना क्वारेन्टाइनमा छन्। उपत्यकामा १७ र बाहिर ४४० गरेर आइसोलेसनमा ४ सय ५७ जनालाई राखिएको छ। मंगलबार विराटनगरस्थित कोसी अस्पतालमा उपचार गराइरहेका झापाका ६२ वर्षीय पुरुष डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या ३७ पुगेको छ।

काठमाडौंका विभिन्न स्थामा नमुना परीक्षण गर्दा काठमाडौंका कालिमाटी, सफाइ कर्मचारी, गोगंबु क्षेत्रमा भएका परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए। – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *