दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

Spread the love

काठमाडौं । काठमाडौ रवीभवनका नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधिको उपविजेता बनेका छन् । उपाधीका लागि भएको अन्तिम प्रतिस्पर्धामा जस्ट साम अमेरिकन आइडल बनिन् भने दिवेश उपविजेता बने ।

फाइनल राउण्डमा भएको भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी उत्कृष्ठ २ मा पुगे पनि उपाधि जित्न पुग्ने भोट पाएनन् । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् । यस अघि नेपाली मुलका नागरिक प्रशान्त तामाङले इण्डियन आइडलको उपाधी जितेका थिए । – राजधानी

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

नेपाली युवा दिवेश अमेरिकन आइडलको उपविजेता

अमेरिका : विश्व चर्चित गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल ‘आर्थर गन’ दोस्रो बनेका छन्। उनले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन्।

नेपालीले कलाकारले हासिल गरेको यो ऐतिहासिक उपब्धि हो।

पाँच जनामा भएको फाइनल प्रतिस्पर्धापछि उत्कृष्ट दुई जना छनोट गरिएको थियो। उत्कृष्ट दुईमा आर्थर गन र जस्ट साम छनोट भएका थिए। दिवेश सामसँग पछि परेका हुन्।

गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै दिवेशको चर्चा एकाएक चुलिएको थियो। उनी सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौंबाट अमेरिका पाइला टेकेका थिए।

उनी संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भएको छ। काठमाडौंको एस कलेज इन्स्टिच्युटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए। – अन्नपूर्ण पोष्ट

विजेताको अपेक्षा गरिएका दिवेश बने उपविजेता

अमेरिका । दिवेश पोखरेल अर्थात आर्थर गन अमेरिकन आइडलको उपविजेता घोषित भएका छन् । थुप्रै नेपालीहरु र अमेरिकी दर्शक स्रोताले विजेता बन्ने अपेक्षा गरिएका आर्थर गन अमेरिकन आइडलको १८ औं संस्करणको फाइनलमा उपविजेता बनेका हुन् ।

अमेरिकी आइडलमा यसरी उपविजेता अर्थात् दोस्रो स्थान हासिल गर्ने उनी प्रथम नेपाली हुन् ।

यो संस्करणको विजेता जस्ट शाम अर्थात सम्यान्था डायज बनेकी छन् । अफ्रिकन अमेरिकन डायज न्यू योर्क सहरकी बासिन्दा हुन् । यसअघिका उत्कृष्ट २० देखी उत्कृष्ट १० र उत्कृष्ट ७ सम्म पनि सबैभन्दा बढी भोट ल्याएका पोखरेल फाइनलमा दोस्रो हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

उत्कृष्ट ७ वाट उत्कृष्ट ५ बनेका पोखरेलले फाइनलको लागि ग्याविन डिग्रले गाएका आइ डन्ट वान्ट टु वि बोलको गीत गाएका थिए । गीतपछि सँधैझैं उनले निर्णायकहरुबाट उत्साहजनक प्रतिक्रियाहरु पाएका थिए । अन्तिम समयमा कसरी दिवेश दोस्रो भए यो कौतूहलताको विषय बनेको छ ।

विगतका विभिन्न चरणहरुमा उनको सफलताका आधारबाट दिवेश प्रथम नै हुनेमा उनका दर्शक ढुक्क थिए । प्रथम हुने जष्ट शामले अमेरिकाका अश्वेत र हिस्प्यानिकहरुको भोट अत्याधिक पाएको हुनसक्ने पर्यवेक्षकहरुको अनुमान छ । – बाह्रखरी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *