अमेरिकाको मेरिल्याण्डमा एक नेपालीको निधन

Spread the love

अमेरिकाको मेरिल्याण्ड राज्य स्थित क्रफ्टन सिटीमा एक नेपाली युवाको असामयिक निधन भएको छ । नेपालमा पुर्ख्यौली घर पर्बत भएपनि हाल चितवनमा घर भएका र केहि बर्षदेखि अमेरिकाको क्रफ्टनमा बसोबास गर्दै आएका युवा बैकुण्ठ लामिछानेको निधन भएको एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा सोहि समुदायका निवासी कृष्णजीवि पन्तले बताउनु भयो।

लामिछानेको मृगौला र कलेजोसंग सम्बन्धि रोगका कारण निधन भएको बुझिएको छ । उनि दुई महिना अगाडी मात्र नेपालमा गएर परिवार भेटेर आएका थिए । डेढ महिना नेपाल बसेर आएका लामिछाने तीन हप्ता अगाडी अचानक बिरामी परेका थिए । एक हप्ता अस्पताल बसेर घर आएका लामिछाने अर्को हप्ता फेरी अस्पताल गए तर फर्केर आउन पाएनन । डाक्टरले कलेजोको जन्डिस भनेर भनेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

बिरामी भएपनि कोरोनाका कारण अस्पताल भिडभाड भएको र आफै पनि सामान्य जस्तै मानेर बस्दा यो असामयिक निधन भएको हुनसक्ने साथीभाईहरुले बताएका छन् । उनलाई कोरोना भने भएको होइन ।

बिहिबार बिहान मृत घोषणा गरिएका लामिछानेको शुक्रबार दिउसो दाह संस्कार गरिएको क्रफ्टनका बासिन्दा, सामाजिक अभियन्ता तथा एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठीले जानकारी दिनुभयो । त्रिपाठीले “एक असल छिमेकी र समाजको सक्रिय युवा गुमाउदा पीडा बोध भएको बताउनु भयो । मेरिल्याण्डका स्टेट डेलिगेट ह्यारी भण्डारीको बिशेष पहलमा आज नै निशुल्क दाहसंस्कार हुन सकेकोमा क्रफ्टनबासिले भण्डारीलाई धन्यवाद दिएका छन् ।

निधन भएका लामिछानेकी एक श्रीमती र एक छोरी रहेका छन् । – नेप्लिज डायस्पोराबाट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *