साईप्रसमा शुक्रवार र शनिवार गरी दोस्रो चरणमा २०० भन्दा बढीलाई राहत वितरण

Spread the love

दिनेश गौतम, साईप्रस । कोरोना भाईरसले प्रभावित नेपाली समुदायहरुका लागि साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्थाहरुको सहकार्य एवमं गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसको नेतृत्वमा दोस्रो चरणको राहत वितरण कार्य अगाडि बधाइएको छ ।

साईप्रसमा रहेका विभिन्न नेपाली विद्यार्थी एवमं केही कामदार, शरणार्थीलगायतमा खाना बस्ने समस्या बढिरहेको बेलामा यहा रहेका विभिन्न १२ वटा सामाजिक संघसंस्था एवं केही सामाजिक अगुवाहरुको सल्लाहमा एनआरएनए साईप्रसले खानाको कमी हुन नदिनका लागि पहिलो चरणको राहत वितरण सम्पन्न गरी दोस्रो चरणको राहत वितरणलाई तिब्रता दिएको जनाएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

एनआरएनए साईप्रसका महासचिव कृप थापाकाअनुसार दोस्रो चरणको राहत कार्यक्रम अन्तर्गत शुक्रवार र शनिवार गरि २०० भन्दा बढीलाई राहत वितरण गरिएको जानकारी दिनु भयो । थापाकाअनुसार एनआरएनए साईप्रसका प्रतिनिधि एवमं विभिन्न सघंसस्थाका प्रतिनिधिहरुको प्रत्यक्ष सहकार्यमा शुक्रवार साईप्रसका लिमासोल, पाफोस, लार्नाका आयानापा सहरमा गएर राहत बाडिएको जानकारी दिए ।

आफुहरुले राहत वितरणको कार्यक्रमको सुचना निकाल्दाको बखत देखि नै धेरैले एन.आर.एन.ए. साईप्रसको फेसबुक पेजमा राहत लिनका लागि नाम दर्ता गराएका छन केहीलाई पहिलो चरणमा वितरण गरिसकेका छौ भने अहिले दोस्रो चरणमा पनि धेरैले राहत लिनका लागि नाम दर्ता गराएका छन थापाले भने ।

यस्तै साईप्रसमा रहेका नेपाली समुदायका लागि दोस्रो चरणका राहत वितरणमा सहयोग गर्नु भएका एन.आर.एन.ए. आईसिसि सदस्य ,आईसिसि उपाध्यक्ष , केन्द्रिय समिति एवमं युरोप संयोजकले गर्दा एन.आर.एन.ए. साईप्रस अहिले साईप्रसमा सबैको प्यारो बनिरहेको अध्यक्ष दिल कुमारी तिलिजा पुनले जानकारी दिईन । पुनका अनुसार आफुहरु साईप्रसमा दोस्रो चरणको राहत कार्यक्रम अन्र्तगत अहिले सम्म ३२३ जनालाई राहत वितरण गरिएको र भने नाम दर्ता लगभग ४८७ जनाले गराएको बताईन ।

पुनले शुक्रवार मात्रै गैरआवासीय नेपाली सघं साईप्रसका पुर्ब अध्यक्ष एवमं संरक्षक सुबास मल्ल, महासचिव कृप थापा , युवा संयोजक कुन्दन कार्कीले लिमासोला , पाफोस सहरमा गएर नेपाल मगर सघं साईप्रसका अध्यक्ष खगेन मगर , एन.आर.एन. कार्यसमिति सदस्य राजन श्रेष्ठ ,साईप्रसमा लामो बसोबास गर्नु भएका ईश्वर थापा , सेफ तेज राना लगाएतले राहत वितरण गरेको जानकारी दिईन ।

साईप्रसकै अर्को सहर लार्नाका र आयानापामा आफु लगाएत कोषाध्यक्ष दिनेश ढकाल , सचिव पुरन मगर , पुर्ब महिला संयोजक नानु गोम्जा , मगर सघंका महासचिव दर्शन बलाल , प्रवासी नेपाली एकता मन्चका सचिव केशव ठकुरी , आयानापाका दिपेन गुरुगं लगाएतले राहत वितरण गरेको पुनको भनाई थियो ।

साईप्रसमा रहेको बृटिस फोर्स नेपाली कम्युनिटिले पनि एन.आर.एनए साईप्रससगं सहकार्य गरेर यस महान कार्यमा सहभागि भएकोमा अध्यक्ष पुनले विशेष धन्यबाद दिनुभएको छ । यस अघि बृटिस फोर्सले साईप्रसको लिमासोल लार्नाका सहर गरि लगभग ५१ जनालाई राहत वितरण गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *