ज्ञानेन्द्र शाहीलाई ‘नेपालका लागि नेपाली’ अभियानबाट हटाइयो !

Spread the love

मंसीर १२, काठमाण्डौं । भ्रष्ट्राचार विरोधी अभियन्ताको रुपमा चिनिएका ज्ञानेन्द्र शाहीलाई ‘नेपालका लागि नेपाली’ अभियानबाट हटाइको छ । ‘नेपालका लागि नेपाली’ अभियान विपरित अभिव्यक्ति दिएको कारण उनलाई हटाइको बताइएको छ ।

उनले दिएका केही अभिव्यक्तिका कारण उनलाई बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले निस्कासन गर्ने निर्णय गरेको अभियन्ता बालकृष्ण न्यौपानेले बताए । शाहीलाई निस्कासन गर्नुको कारणबारे खुलाउँदै वरिष्ठ अधिवक्तासमेत रहेका न्यौपानेले भने, ‘हाम्रो सिद्धान्त नै मिलेन । हामी राजतन्त्र जोगाउन लागिरहेका छौं, उनले त गणतन्त्रको कुरा गर्न थाले ।’

अब उप्रान्त शाहीका कुनै पनि अभिव्यक्ति र कार्यक्रममा नेपालका लागि नेपाली अभियानको संलग्नता नरहने अभियानले जनाएको छ । नेपालका लागि नेपाली अभियानले संघीयता, धर्मनिरपेक्षता खारेजी लगायतका एजेण्डासहित गतिविधि गर्दै आएको छ । शाहीले भने आफू गणतन्त्रको पक्षमा रहेको बताउदै आएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *